विस्तारित हुँदैछ टु ह्विलरको बजार, अबको १० वर्षसम्म वार्षिक ३ लाखको दरले बिक्री हुने प्रक्षेपण
पछिल्लो केही वर्षयता टु ह्विलको बजार तीव्र दरमा वृद्धि भैरहेको छ । यातायात...
होन्डाले जापान मोबिलिटी शो २०२५ मा पहिलोपटक इलेक्ट्रिक होन्डा जिरो अल्फा सार्वजनिक गरेको छ । सो अल्फा मोडल होन्डाको नयाँ पुस्ताको ईभी लाइनअप, होन्डा जिरो सिरिजको हिस्सा हो, जुन चाँडै भारतमा लन्च हुनेछ।
भारत होन्डाका लागि ईभी उत्पादनको प्रमुख केन्द्र बन्दैछ। जिरो अल्फा भारतमा निर्माण भई जापानसहित अन्य देशहरूमा निर्यात गरिने सम्भावना छ। भारतमा बनेको होन्डाको इलेक्ट्रिक कार जापानमा समेत पहिलोपटक निर्यात हुनेछ।
जिरो अल्फाको डिजाइन एकदमै आकर्षक देखिन्छ । यसको अगाडि र पछाडि रहेको एलईडी प्यानलले डायनामिक कम्युनिकेशन डिस्प्लेको रुपमा काम गर्नेछ । यसको पातलो हेडलाइट, अग्लो स्टान्स र एयरोडायनामिकको बनावटले यसलाई फरक पहिचान दिएको छ ।
यद्यपि यसको इन्टेरियर डिजाइन सार्वजनिक नभए पनि रिपोर्टका अनुसार कम्पनीको जिरो सिरिजका अन्य मोडलजस्तै ठुलो डिजिटल ककपिट र समतल फ्लोर लेआउट हुने अनुमान गरिएको छ । यो नयाँ ईभी आर्किटेक्चरमा आधारित हुनेछ । यसमा उन्नत एआई ड्राइभिङ सिस्टम र आधुनिक रिजेनरेटिभ कन्ट्रोल सिस्टमले सुसज्जित हुने अनुमान गरिएको छ ।
सो एसयूभी सन् २०२७ मा भारतमा लन्च हुनेछ । जिरो अल्फा ४.२ देखि ४.५ मिटर लम्बाइको ईभी एसयूभी सेग्मेन्टमा उपलब्ध हुनेछ । यसले हुन्डाई क्रेटा ईभी, टाटा सिएरा ईभी, र महिन्द्रा बीई६ जेडओएस जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालमा समेत साे एसयूभी आगामी दिनमा उपलब्ध हुनेछ ।
पछिल्लो केही वर्षयता टु ह्विलको बजार तीव्र दरमा वृद्धि भैरहेको छ । यातायात...
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आफ्नो लोकप्रिय स्कुटर होन्डा डियो...
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...