होन्डाको मिनी इलेक्ट्रिक कार ‘एन–वन ईः’ सार्बजनिक, यस्तो छ विशेषता

होन्डाले आफ्नो सबैभन्दा सानो इलेक्ट्रिक कार, एन–वन ई सार्बजनिक गरेको छ । बेलायतमा हालै सम्पन्न गुडवुड फेस्टिवल अफ स्पिडमा प्रोटोटाइप देखाइएको सो नयाँ ईभीको जापमानमा आधिकारिक डेब्यू गरिएको हो ।

जापानमा यसै वर्षको सेप्टेम्वरदेखी बिक्रीका लागि उपलब्ध हुने एन–वन ईः एक इलेक्ट्रिक केई कार हो । यसमा अग्लो छाना र साना ह्विलसहितको बक्सी स्टाइल छ । यो कार निकै फंकी र क्यूट देखिन्छ । होन्डाले अहिलेसम्म कुनै प्राविधिक विवरणहरू खुलासा नगरेपनि एन–वन ईः ३,४०० मिमी भन्दा कम लामो हुने र ६३ बीएचपी उत्पादन गर्ने एकल इलेक्ट्रिक मोटर हुने अपेक्षा गरिएको छ ।

इलेक्ट्रिक पावरट्रेन यस वर्षको सुरुमा होन्डाले खुलासा गरेको एन–भ्यान ईः जस्तै हुने अपेक्षा गरिएको छ । होन्डाका अनुसार एन–भ्यानले एकल चार्जमा २४५ किलोमिटर रेन्ज दिनसक्छ, त्यसैले एन–वन ईः ले यसको साइजका कारण पनि सोभन्दा बढी नै रेन्ज पाउने अपेक्षा गरिएको छ । एन–भ्यानले ५० किलोवाट क्षमताको डीसी चार्जिङ सपोर्ट गर्दछ ।

सो मिनी कारको भित्री भाग सरल र सफा देखिन्छ । रोटरी भोल्युम डायलको साथमा धेरै फिजिकल बटनहरु राखिएको कारमा ट्रान्समिसन सेलेक्टरमा एक–पेडल ड्राइभिङ मोड संलग्न गर्न छेउमा अलग्गै बटन दिइएको छ । स्मार्टफोन राख्नको लागि टचस्क्रिन मुनि एउटा शेल्फ उपलब्ध हुनेछ भने पछाडिका सिटलाई ५०ः५० अनुपातमा फ्ल्याट फोल्ड गर्न सकिन्छ ।

एन–वन ईःको सबैभन्दा ठूलो हाइलाइट विशेषता भनेको भेइकल–टु–लोड फंक्सन हो । यद्यपि यो फंक्सन प्रयोग गर्न ग्राहकले होन्डाको सहायक क्याटलगबाट एडाप्टर किन्नुपर्नेछ, जसमा ब्याट्री कति भरिएको छ भनेर थाहा दिन ड्यास–टप एलईडी सूचक र ट्विन शेल्बी स्टायलका स्ट्राइप भएको स्पोर्टी कस्मेटिक किट पनि समावेश छ ।

सम्बन्धित समाचारहरू

ढिलो आयो कडा आयो : अन्त्यमा होन्डाको फेस्टिभ अफर, यो भन्दा पहिले अन्य कम्पनी

ढिलो आयो कडा आयो : अन्त्यमा होन्डाको फेस्टिभ अफर, यो भन्दा पहिले अन्य कम्पनी

चाडपर्ब नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम तथा...

पहिलो पटक अपर मुस्ताङ पुग्यो होन्डा एलिभेट

पहिलो पटक अपर मुस्ताङ पुग्यो होन्डा एलिभेट

काठमाडौं – होन्डा एलिभेट पहिलो पटक अपर मुस्ताङ र मुक्तिनाथ सम्म पुगेको छ ।...

२० प्रतिशत मात्र रकम बुझाएर होन्डाका दुई बाइक लिन सकिने, बाँकी रकम यसरी तिर्नुस्

२० प्रतिशत मात्र रकम बुझाएर होन्डाका दुई बाइक लिन सकिने, बाँकी रकम यसरी तिर्नुस्

होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...