इलेक्ट्रिक टु–ह्विलरका लागि भारतमा होन्डाको छुट्टै प्लान्ट, २०३० सम्ममा ३० मोडल ल्याउने

होन्डाले भारतमा इलेक्ट्रिक टु–ह्विलरका लागि छुट्टै डेडिकेटेड प्लान्ट स्थापना गर्ने योजना बनाएको छ । नयाँ प्लान्ट सन् २०२८ सम्ममा सञ्चालनमा आउने जनाइएको छ ।

होन्डाका अनुसार नयाँ फ्याक्ट्रीमा विभिन्न मोडल उत्पादन गरिनेछ । यसले स्वदेशी बजारमा मात्रै नभई यहाँका उत्पादनहरु विदेशी बजारमा पनि निकासी हुनेछन् ।

मोटरसाइकल एण्ड पावर प्रोडक्ट्स इलेक्ट्रिफिकेशन बिजनेस युनिटका प्रमुख दाइकी मिहाराले कम्पनीले १०० सीसी कम्युटर बाइकसँग तुलना गर्न सकिने विद्युतीय मोटरसाइकल विकास गर्ने योजना रहेको बताए । यो मोटरसाइकल अनुरूप स्पेसिफिकेसन विकास गर्न र स्थिर खरिद सुनिश्चित गर्न होन्डाले ब्याट्री निर्माताहरूसँग काम गरिरहेको छ ।

हाल, होन्डाले कर्नाटक इकाईमा आफ्नो इलेक्ट्रिक स्कुटरहरू, एक्टिभा ई र क्यूसी१ उत्पादन गर्दै आएको छ । सोही क्षेत्रमा नयाँ प्लानट स्थापना गरिने सम्भावना छ ।

सन् २०३० सम्ममा होन्डाले विश्व बजारमा ३० वटा ईभी लन्च गर्ने र वार्षिक ४० लाख युनिट बिक्री गर्ने योजना बनाएको छ । तीमध्ये १३ वटा मोडल यसअघि नै सार्वजनिक भइसकेका छन् । मोटरसाइकल निर्माता कम्पनीले सोही वर्षसम्म विश्वव्यापी २ पाङ्ग्रे बजारको ५० प्रतिशत हिस्सा नियन्त्रण गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरू

भारतमा डिजेल इन्जिनको उत्पादन वन्द गर्दै होन्डा

भारतमा डिजेल इन्जिनको उत्पादन वन्द गर्दै होन्डा

जापनिज अटो निर्माता होन्डाले भारतमा डिजेल इन्जिनको उत्पादन वन्द गर्ने...

नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने

नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने

काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...

सोनी होन्डा ज्वाइन्ट भेन्चरमा बन्ने ईभी सीईएसमा सार्वजनिक, लक्जरी ईभीको यस्तो हुनेछ मूल्य र फिचर

सोनी होन्डा ज्वाइन्ट भेन्चरमा बन्ने ईभी सीईएसमा सार्वजनिक, लक्जरी ईभीको यस्तो हुनेछ मूल्य र फिचर

स्मार्टफोन निर्माता सोनी र कार निर्माता कम्पनी होन्डाको ज्वाइन्ट भेन्चर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...