नेपालमा एसेम्वल भएको हुन्डाई भेन्यु आगामी शनिबार सार्वजनिक हुने
काठमाडौं– नेपालमा एसेम्वल भएको हुन्डाई भेन्यु आगामी शनिबार सार्वजनिक...
हुन्डाईले बहुप्रतिक्षित क्रेटा इलेक्ट्रिकको लन्चसंगै ईभी सेग्मेन्टमा थप तीन नयाँ मोडल उतार्ने योजना बनाएको छ । कार निर्माताले भारतमा निर्मित तीनवटा नयाँ इलेक्ट्रिक कारहरू लन्च गर्नका लागि नयाँ रणनिती बनाएको हो ।
हुन्डाई मोटर इन्डियाका सीओओ तरुण गर्गले अटो कार इण्डियासंग भने, ‘क्रेटा इलेक्ट्रिक पछि थप तीन मोडलहरू आउनेछन् र यसले भोल्युम पनि बढाउनेछ ।’ आगामी मोडल बर्न ईभी र कम्वसन दुबै प्लेटफर्ममा आधारित हुने उनले बताए । भविष्यका सबै ईभीहरू क्रेटा इलेक्ट्रिकसँगै स्थानीय रूपमा उत्पादन हुने गर्गको भनाई छ ।
नयाँ आउने ईभीको विवरण सार्बजनिक नभएपनि हुन्डाईले २०२६ मा टाटा पन्च ईभीसंग प्रतिस्पर्धा गर्न इलेक्ट्रिक सब–कम्प्याक्ट एसयुभी ल्याउने सम्भावना छ । यो ई–जीएमपी(के) प्लेटफर्ममा आधारित हुनेछ । जसले ३५५ किलोमिटर सम्मको दायरा प्रदान गर्नेछ ।
हुन्डाईले भेन्यु र ग्रान्ड आई १० निओसको प्योर–इलेक्ट्रिक संस्करणहरू पनि प्रस्तुत गर्नसक्ने बताइएको छ । यसैगरी टाटा नेक्सनसंग प्रतिस्पर्धा गर्न उसले भेन्यूको इलेक्ट्रिक भर्सनसमेत उतार्नसक्ने संभावना छ । यसैगरी ग्रान्ड आई१० मा आधारित इलेक्ट्रिक ह्याचब्याकले टाटा टियागोसंग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं– नेपालमा एसेम्वल भएको हुन्डाई भेन्यु आगामी शनिबार सार्वजनिक...
काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बितरक लक्ष्मी...
ह्याचब्याक कारबाट अपग्रेड हुन चाहने या कम बजेटमा एसयूभी प्रयोग गर्न चाहने,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...