नयाँ अमेज ल्याउँदै होन्डा, लुक्स सिटी सेडानको जस्तै हुने
जापनिज अटो निर्माता होन्डाले अर्को वर्ष कम्प्याक्ट सेडान अमेजको नेक्स्ट...
होन्डाले सन् २०३० को अन्त्यसम्ममा सोलिड–स्टेट ब्याट्रीद्वारा सञ्चालित आफ्नो पहिलो विद्युतीय सवारीसाधन प्रस्तुत गर्ने योजना बनाएको छ ।
हाल प्रयोग हुँदै आएको लिथियम–आयन सेलको तुलनामा होन्डाको नयाँ सोलिड–स्टेट ब्याट्री ५० प्रतिशत सानो, ३५ प्रतिशत हल्का र २५ प्रतिशत सस्तो पर्ने जनाइएको छ । यी ब्याट्री बढी सुरक्षित र उच्च चार्जिङ स्पिडको हुने उल्लेख गरिएको छ ।
होन्डाको सोलिड–स्टेट ब्याट्रीले सिंगल चार्जमा १ हजार किलोमिटर सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । सन् २०४० सम्ममा ब्याट्रीको साइज, तौल र लागत घटाउँदै यस्तो रेन्जलाई १ हजार २५० किलोमिटरसम्म पुर्याउने लक्ष्य होन्डाले लिएको छ ।
ठूलो मात्रामा सोलिड–स्टेट ब्याट्री कसरी बनाउने भनेर पत्ता लगाउन होन्डाले हालै यसको पाइलट उत्पादन सुविधा निर्माण समेत गरिसकेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले छिट्टै परीक्षण उत्पादन सुरु गर्ने तयारी थालेको छ ।
होन्डा आर एन्ड डीका इनोभेटिभ रिसर्च एक्सिलेन्सका प्रमुख इन्जिनियर ताकेशी उएडाका अनुसार ब्याट्री उत्पादनको सन्दर्भमा कुनै पनि समस्यालाई जतिसक्दो चाँडो पहिचान गर्न र समाधान गर्न पायलट लाइन सिर्जना गरिएको हो । यसले आफ्नै प्रोटोटाइप ब्याट्री बनाउनु सहयोग गर्नेछ ।
सोलिड–स्टेट ब्याट्री उत्पादनमा यसअघि टोयोटा, बिएमडब्लु, निसान र फक्सवागन जस्ता ब्रान्डले समेत काम अघि बढाइसकेका छन् । यो नयाँ प्रबिधीमा काम गर्न चिनका ठूला अटो उत्पादनकहरु समेत अक्रमक भएर लागि परेका छन् ।
जापनिज अटो निर्माता होन्डाले अर्को वर्ष कम्प्याक्ट सेडान अमेजको नेक्स्ट...
काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
जापनिज टु ह्विलर निर्माता होण्डाले भारतमा आज नयाँ स्कुटर लन्च गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...