होण्डा मोटरसाइकल र स्कुटरको उत्पादन नेपालमै सुरु, भैरहवामा सुबिधासम्पन्न प्लान्ट

काठमाडौं– होण्डाका दुई पाङ्ग्रे सवारीको एसेम्बल अब नेपालमै हुने भएको छ । बुधबार होण्डा मोटरसाइकलको मुख्य बिजिनेस युनिटका भाइस–प्रेसिडेन्ट मिनोरु काटोद्वारा भैरहवामा प्लान्टको उद्घाटन भएसंगै नेपालमा उत्पादन सुरु भएको हो ।

कार्यक्रममा होण्डा कम्पनीका विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । २ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको प्लान्ट निर्माणमा १ अर्ब ५० करोड लगानी भएको स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ । उक्त प्लान्टबाट बार्षिक १५ हजार मोटरसाइकल र स्कुटर उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

स्याकार ट्रेडिङले विगत ५५ बर्ष भन्दा बढी समयदेखि होण्डा मोटरसाइकल र स्कुटरको बिक्री गर्दै आएको छ । प्लान्टबाट उत्पादन भने हिमाल मोटो प्रा.लि.मार्फत हुने जनाइएको छ ।

नेपालमै प्लान्ट स्थापना गरेर सावरी साधन उत्पादन गर्न राज्यले प्रोत्साहन गरेपछि यसअघि बजाज, टिभिएस, यामाहा र रोयल इन्फिल्डले एसेम्बल प्लान्ट लगाइसकेका छन् भने हिरो र सुजुकीले छिट्ट्रै उत्पादन सुरु गर्ने तयारी गरेका छन् ।

सम्बन्धित समाचारहरू

साइन र ग्राजिया लक्षित होण्डाको दुई नयाँ अफर

साइन र ग्राजिया लक्षित होण्डाको दुई नयाँ अफर

होण्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले...

सोनी होन्डाको इलेक्ट्रिक कार परियोजना रद्द, अफिला १ सहित सबै योजना स्थगित

सोनी होन्डाको इलेक्ट्रिक कार परियोजना रद्द, अफिला १ सहित सबै योजना स्थगित

जापानका दुई ठुला प्रविधि तथा अटोमोबाइल कम्पनी साेनी र होन्डाद्वारा...

होन्डा साईन १२५ मा अब डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र टाईप–सी चार्जिङ पोर्ट

होन्डा साईन १२५ मा अब डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र टाईप–सी चार्जिङ पोर्ट

होन्डाले आफ्नो लोकप्रिय मोटरसाइकल साइन १२५ लाई अपडेट गरेको छ । साइनको २०२५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...