बीएस६ इन्जिनयुक्त होन्डा एसपी १२५ को बिक्री शुरु

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ मोटरसाइकल एसपी १२५ बीएस६ को बिक्री प्रारम्भ गरेको छ । केही समयका लागि सो मोटरसाइकलको मूल्य २ लाख ७८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

केही दिन पहिले देखि बुकिङ खुला गरिएको सो मोटरसाइकल अब डेलिभरी समेत हुने भएको छ ।

ड्रम र डिस्क भेरिएन्टमा उपलब्ध हुने सो बाइक मध्ये डिस्क भेरिएन्टको मूल्य २ लाख ८८ हजार ९ सय रुपैयाँ हुनेछ । 

कम्पनीले सो मोटरसाइकल १२५ सीसीमा आउने सबैभन्दा प्रिमियम मोटरसाइकल भएको जनाएको छ । यसमा एलईडी हेडलाइट, फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, साइड स्ट्यान्ड इन्जिन कट अफ र साइलेन्ट स्टार्टर जस्ता फिचर रहेका छन् ।

ह्यान्डलमै रहेको इन्जिन स्टार्ट स्टप स्विचले यात्रा सहजपूर्ण बनाउनुका साथै गुणस्तरीय एलइडी हेडलाइटले जुनसुकै मौसम तथा परिस्थितिमा सुरक्षाको प्रत्याभूति दिने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

यसको पछिल्लो भागमा भएको फराकिलो टायरका साथ उपलब्ध हुने एड्भान्स्ड ट्रयाक्सनले बेटर ब्रेकिङका साथ सेफ्टी प्रदान गर्छ । बाइकको एड्भान्स्ड लुक र एड्भान्स्ड डिस्प्लेले अन्य बाइक भन्दा फरक देखाउछ ।

बाइकमा १२३.९४ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड, फ्युल इन्जेक्टेड इन्जिन छ, जसले १०.७ बीएचपी पावर र १०.९ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससँग ट्युन गरिएको छ ।

सम्बन्धित समाचारहरू

सोल्ड आउट पश्चात अब सहजतातर्फ होन्डा सीबी हाइनेस ३५०, १ हप्ताभित्र डेलीभरी गरिने

सोल्ड आउट पश्चात अब सहजतातर्फ होन्डा सीबी हाइनेस ३५०, १ हप्ताभित्र डेलीभरी गरिने

जापनिज ब्रान्ड होन्डाको क्रुजर बाइक सीबी हाइनेस ३५० को आपूर्ति सहज हुन...

होन्डाले साइन–१०० मा आधारित नयाँ इलेक्ट्रिक मोटरसाइकल ल्याउने

होन्डाले साइन–१०० मा आधारित नयाँ इलेक्ट्रिक मोटरसाइकल ल्याउने

होन्डाले आफ्नो चर्चित कम्यूटर बाइक साइन–१०० मा आधारित नयाँ इलेक्ट्रिक...

होन्डा ग्राहकका लागि खबर : आज देखि ५ हजार रुपैयाँ सम्म महंगो बने बाइक र स्कुटर

होन्डा ग्राहकका लागि खबर : आज देखि ५ हजार रुपैयाँ सम्म महंगो बने बाइक र स्कुटर

काठमाडौं – नेपाली बजारमा लोकप्रिय रहेका होन्डाका बाइक र स्कुटरको मूल्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...