यसरी लिन सकिन्छ दैनिक १६७ रुपैयाँमा होन्डा साइन, यस्ता छन् अन्य विकल्प

नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको होन्डा साइन अहिले पनि उत्तिकै लोकप्रिय छ । हाल नेपाली बजारमा साइनका विभिन्न चार मोडल उपलब्ध छन् । यी मध्ये सबैभन्दा कम मूल्य पर्ने सीबी साइन डीआरएस हो । यसको मूल्य २ लाख ५३ हजार ९ सय रुपैयाँ छ ।

होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले यो मोटरसाइकल किन्ने ग्राहकका लागि हाल तीन विकल्प प्रदान गरिरहेको छ । यस अनुसार शुरुमा ६० हजार रुपैयाँ डाउन पेमेन्ट गरेर बाँकी रकमलाई किस्ताबन्दीमा तिर्न सकिन्छ ।

त्यसैगरी १ प्रतिशत ब्याजदरमा ऋण पाउने गरी अर्को अफर उपलब्ध छ भने दैनिक १६७ रुपैयाँ ईएमआई तिर्ने गरी अर्को विकल्प उपलब्ध छ ।

दैनिक १६७ रुपैयाँ ईएमआई तिर्ने स्किममा मोटरसाइकल लिन चाहनेले शुरुमा मोटरसाइकलको मूल्यको ६० प्रतिशत अर्थात १ लाख ५२ हजार ३४० रुपैयाँ बुझाउनु पर्छ । अनि बाँकी रकम १ लाख १ हजार ५६० रुपैयाँ फाइनान्स गर्नुपर्छ ।

सो रकमलाई दुई वर्ष अर्थात २४ महिना सम्म किस्ताबन्दीको रुपमा तिर्न सकिन्छ । यो अवस्थामा १६.७५ प्रतिशत ब्याजदर हुन्छ । अनि मासिक ५ हजार १० रुपैयाँ बुझाउनु पर्छ । यसलाई दैनिक रुपमा हिसाब गर्दा १६७ रुपैयाँ हुन आउछ ।

होन्डाले हाल नयाँ वर्ष २०८० को अवसरमा ‘होन्डा चुज योर स्किम’ समेत ल्याएको छ । यो स्किममा समेत सहभागी भएर विभिन्न मोटरसाइकल वा स्कुटर लिन सकिन्छ ।

सम्बन्धित समाचारहरू

२३ वर्षमा होण्डाले भारतमा बिक्री गर्यो ६ करोड बाइक, सर्बाधिक बिक्री हुने मोडल एक्टिभा

२३ वर्षमा होण्डाले भारतमा बिक्री गर्यो ६ करोड बाइक, सर्बाधिक बिक्री हुने मोडल एक्टिभा

भारतीय बजारमा प्रवेश गरेको २३ वर्ष अबधीमा होण्डाले ६ करोड बढी मोटरसाइकल र...

होन्डाको नयाँ  इलेक्ट्रिक स्कुटर भारतका लागि तयार हुँदै

होन्डाको नयाँ इलेक्ट्रिक स्कुटर भारतका लागि तयार हुँदै

होन्डाले भारतको इलेक्ट्रिक दुईपाङ्ग्रे बजारका लागि नयाँ इलेक्ट्रिक...

१ रुपैयाँ खर्चमा २ वर्षसम्म होण्डा बाइक मर्मत गर्न सकिने

१ रुपैयाँ खर्चमा २ वर्षसम्म होण्डा बाइक मर्मत गर्न सकिने

काठमाडौं– होण्डा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...