होन्डा मोटरसाइकल र स्कुटर किन्ने विचार छ ? अब तीन मध्ये एक स्किम रोज्न सकिने

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० अन्तर्गत ‘होन्डा चुज योर स्किम’ अफर ल्याएको छ । यस अनुसार नयाँ वर्षको अवसरमा मोटरसाइकल वा स्कुटर किन्दा आफूलाई मन परेको स्किम रोज्न सकिने छ ।

होन्डाले पहिले देखि नै यस्ता अफरमा उपलब्ध गराउने गरेको स्क्र्याच कुपन वापत पाइने अफरलाई निरन्तरता दिएको छ । स्कु्याचमा १ लाख रुपैयाँ सम्म छुट उपलब्ध हुनेछ ।

त्यसैगरी दुई वर्ष सम्म लिन सकिने ८ हजार रुपैयाँ बराबरको फ्रि स्पेयर पार्ट्स, इन्जिन आयल र सर्भिसिङ सहितको सुविधा वा १० हजार रुपैयाँ सम्म छुट हुने थप स्क्र्याच कार्ड वा १२ हजार ५ सय रुपैयाँ बराबरको ५ वर्ष सम्म वार्षिक मर्मत गर्न सकिने सुविधा मध्ये एक छनोट गरी अफर प्राप्त गर्न सकिने छ ।

होन्डाले पहिले देखि नै १ प्रतिशत ब्याजदरमा सहज फाइनान्सिङको सुविधा समेत उपलब्ध गराइरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...