१० नयाँ मोडलका इलेक्ट्रिक टु ह्विलर तयार पार्दै होन्डा

जापनिज टु ह्विलर निर्माता होन्डाले भारतीय बजारलाई लक्षित गरी १० वटा नयाँ मोडलका इलेक्ट्रिक टु ह्विलर तयार गरिरहेको छ । यी नयाँ टु ह्विलरलाई एक दशकभित्र लन्च गरिसक्ने र विस्तारै पेट्रोल इन्जिनको बजारलाई विस्थापित गर्ने योजना होन्डाले वनाएको छ ।

विभिन्न पावरट्रेन, स्पिड र वडी टाइपमा आउने यी टु ह्विलरमा स्वापेवल र फिक्स्ड प्रकारको व्याट्री उपलब्ध हुनेछ । होन्डाले अहिले जीजेएनए र के४विए गरी दुईवटा कोड नेम दिएर नयाँ इलेक्ट्रिक मोटरसाइकल एवं स्कुटर तयार गरिरहेको हो ।

इलेक्ट्रिक टु ह्विलरको बजार बढ्दै गएपछि होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटरका रुपमा एक्टिभालाई अर्को वर्ष लन्च गर्ने तयारी गरिरहेको छ । लगत्तै अर्को नयाँ स्कुटर पनि लन्च गर्ने र यी दुई स्कुटरको उत्पादन पहिलो वर्षमा १ लाख ५० हजार पुर्याउने कम्पनीको योजना छ ।

इलेक्ट्रिक टु ह्विलरमा आक्रमक वनेर आउने तयारी गरिरहेको कम्पनीले व्याट्री स्वापेवलका लागी होन्डा पावर प्याक इनर्जी इण्डिया प्रालि नामको कम्पनी खडा गरिसकेको छ । यो कम्पनीले हाल इलेक्ट्रिक थ्री ह्विलरका लागी व्याट्री स्वापेवल सम्वन्धी सेवा दिँदै आएको छ ।

सम्बन्धित समाचारहरू

ईभी प्रवर्ध्दनमा सरकारको ‘ब्याक गियर’, सधै नीतिगत अस्थिरता

ईभी प्रवर्ध्दनमा सरकारको ‘ब्याक गियर’, सधै नीतिगत अस्थिरता

नेपालमा न इन्धनको स्रोत, न आर्थिक रुपमा आत्मनिर्भर । नेपालसँग भएको प्रचुर...

पहिले ४ वर्षमा बेचे जति कार बीवाईडीले १ वर्षमै बेच्यो, करिव ५ गुणा बढ्यो आम्दानी

पहिले ४ वर्षमा बेचे जति कार बीवाईडीले १ वर्षमै बेच्यो, करिव ५ गुणा बढ्यो आम्दानी

रेकर्ड नम्बरमा इलेक्ट्रिक कार बिक्री गर्न सफल भएका कारण बीवाईडीको गत...

दुई ठुला गाडी उत्पादक कम्पनी टेस्ला र फोर्ड बीच इलेक्ट्रिक कारको मूल्य घटाउन प्रतिस्पर्धा

दुई ठुला गाडी उत्पादक कम्पनी टेस्ला र फोर्ड बीच इलेक्ट्रिक कारको मूल्य घटाउन प्रतिस्पर्धा

अमेरिकामा दुई ठूला गाडी उत्पादक कम्पनी टेस्ला र फोर्ड बीच इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...