१० नयाँ मोडलका इलेक्ट्रिक टु ह्विलर तयार पार्दै होन्डा

जापनिज टु ह्विलर निर्माता होन्डाले भारतीय बजारलाई लक्षित गरी १० वटा नयाँ मोडलका इलेक्ट्रिक टु ह्विलर तयार गरिरहेको छ । यी नयाँ टु ह्विलरलाई एक दशकभित्र लन्च गरिसक्ने र विस्तारै पेट्रोल इन्जिनको बजारलाई विस्थापित गर्ने योजना होन्डाले वनाएको छ ।

विभिन्न पावरट्रेन, स्पिड र वडी टाइपमा आउने यी टु ह्विलरमा स्वापेवल र फिक्स्ड प्रकारको व्याट्री उपलब्ध हुनेछ । होन्डाले अहिले जीजेएनए र के४विए गरी दुईवटा कोड नेम दिएर नयाँ इलेक्ट्रिक मोटरसाइकल एवं स्कुटर तयार गरिरहेको हो ।

इलेक्ट्रिक टु ह्विलरको बजार बढ्दै गएपछि होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटरका रुपमा एक्टिभालाई अर्को वर्ष लन्च गर्ने तयारी गरिरहेको छ । लगत्तै अर्को नयाँ स्कुटर पनि लन्च गर्ने र यी दुई स्कुटरको उत्पादन पहिलो वर्षमा १ लाख ५० हजार पुर्याउने कम्पनीको योजना छ ।

इलेक्ट्रिक टु ह्विलरमा आक्रमक वनेर आउने तयारी गरिरहेको कम्पनीले व्याट्री स्वापेवलका लागी होन्डा पावर प्याक इनर्जी इण्डिया प्रालि नामको कम्पनी खडा गरिसकेको छ । यो कम्पनीले हाल इलेक्ट्रिक थ्री ह्विलरका लागी व्याट्री स्वापेवल सम्वन्धी सेवा दिँदै आएको छ ।

सम्बन्धित समाचारहरू

गाडीमा नभए पनि चल्छ यी ५ फिचर, कुन कुन हुन् ?

गाडीमा नभए पनि चल्छ यी ५ फिचर, कुन कुन हुन् ?

कार निर्माता कम्पनीहरुले कारमा विभिन्न फिचरहरु जडान गर्न थालेका छन् ।...

एक साता सम्म लिपमोटर सी१० विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुने

एक साता सम्म लिपमोटर सी१० विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुने

काठमाडौं – लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...

नेटा भी VS नेक्सन ईभी : कुन विशेषतामा कुन अगाडि ?

नेटा भी VS नेक्सन ईभी : कुन विशेषतामा कुन अगाडि ?

१ सय किलोवाट भन्दा कम क्षमता भएको मोटर जडित इलेक्ट्रिक कारमा अहिले टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...