लन्च हुने अन्तिम तयारीमा हुन्डाईको नयाँ आयोनिक भी, आकर्षक मूल्यमै ६५० किमीसम्म रेन्ज
काठमाडौं–हुन्डाईले चिनियाँ बजारमा आफ्नो आयोनिक ब्रान्डको पहिलो मोडल...
होन्डाले सीईएस २०२४ मा आफ्नो होन्डा ओ सिरिज प्रस्तुत गरेको छ । यस परियोजनामा कम्पनीले आफ्नो भविष्यका इलेक्ट्रिक कारको अवधारणा पनि सार्वजनिक गरेको छ । कम्पनीले यसलाई सलुन र स्पेस–हब नाम दिएको छ ।
कम्पनीले आफ्नो होन्डा ओ सिरिजको पहिलो इलेक्ट्रिक कार सन् २०२६ मा लन्च हुने जनाएको छ । होन्डाले सन् २०४० सम्ममा विश्वव्यापी रूपमा आफ्ना सबै नयाँ कार इलेक्ट्रिक कारमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।
होन्डाले कम्पनीको नयाँ एच लोगो पनि सार्वजनिक गरेको छ । सो लोगो कम्पनीले नयाँ इलेक्ट्रिक कारमा प्रयोग गर्ने जनाएको छ ।
होन्डा ओ सिरिज लाइनअपका पहिलो मोडल उत्तर अमेरिकाबाट सुरु भएर जापान, एशिया, युरोप, अफ्रिका, मध्य पूर्व र दक्षिण अमेरिकामा लन्च गर्नेछ ।
जापानको दोस्रो ठूलो कार निर्माता भए पनि होन्डाले युरोप र अमेरिकामा आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन । त्यसैले कम्पनीले अब होन्डा ओ सिरिजको साथमा आफ्नो विश्वव्यापी प्रतिद्वन्द्वीहरुसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...