होण्डा मोटरसाइकल र स्कुटरमा ७ हजार छुट र ७ वर्षसम्मकै निशुल्क सर्भिसिङ

काठमाण्डौं– होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ अफर ल्याएको छ ।

‘होण्डा छ साथ साथ’ नामले आएको उक्त अफर अन्तर्गत ग्राहकले स्क्र्याचमार्फत ७ हजारसम्म नगद छुट र ७ वर्षसम्मकै निशूल्क सर्भिसिङ पाउनेछन् ।

अफर होण्डाको नेपालभर सञ्चालनमा रहेका शोरुममा लागु हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा सर्बाधिक बिक्री हुने ब्राण्डका रुपमा परिचित होण्डाको हाल नेपाली बजारमा कुल १५ वटा मोडलका मोटरसाइकल उपलब्ध छन् ।

होण्डाको सबैभन्दा सस्तो मोटरसाइकल सीडी १०० को मूल्य २ लाख ८ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ भने महंगो मोडल सीबीआर ६०० आरआरको ३४ लाख ५० हजार तोकिएको छ ।

यसैगरी स्कुटरमा डिओ ११०, डिओ १२५, ग्राजिया, एक्टिभा र एभिएटर मोडल उपलब्ध छन् । यी स्कुटरको मुल्य २ लाख २२ हजारदेखी ३ लाख १० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट, सेप्टेम्बरका लागि खुल्यो बुकिङ

होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट, सेप्टेम्बरका लागि खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएका होन्डाका दुई मोटरसाइकल हाइनेस...

होन्डा अकोर्ड अपडेट भर्सन सहित अब ११औं जेनेरेसनमा

होन्डा अकोर्ड अपडेट भर्सन सहित अब ११औं जेनेरेसनमा

होन्डाले आफ्नो लक्जरी सेडान अकोर्डको ११औं जेनेरेसन अपडेट भर्सनमा लन्च...

अन्ततः लन्च भयो कम्प्याक्ट एसयूभी होन्डा एलिभेट, यस्तो छ पावर, माइलेज र विशेषता

अन्ततः लन्च भयो कम्प्याक्ट एसयूभी होन्डा एलिभेट, यस्तो छ पावर, माइलेज र विशेषता

होन्डाको कम्प्याक्ट एसयूभी होन्डा एलिभेट भारतीय बजारमा लन्च भइसकेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...