होन्डाले ल्यायो ४१२ किमी रेन्ज भएको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी

होन्डाले विश्व बजारमा नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ई–एनवाई १ ल्याएको छ । सो नयाँ एसयूभी नयाँ ई–एन प्लेटफर्ममा बनाइएको छ । कम्पनीले यसमा धेरै विशेष फिचर्स दिएको छ ।

यसको लुक कम्पनीको एसयूभी एचआरभीसँग मिल्दोजुल्दो छ । यसमा नयाँ डिजाइन गरिएको बम्पर र फ्रन्टको ग्रिल बन्द राखिएको छ र रियरमा ठूलो टेल ल्याम्प, कालो क्ल्याडिङ र फराकिलो टेलगेट दिइएको छ । सो एसयूभीको साइडमा कालो क्ल्याडिङ लगाइएको छ र छत पनि कालो राखिएको छ ।

होन्डाको नयाँ एसयूभीमा ६८.८ किलोवाटको ब्याट्री दिइएको छ । जसलाई फास्ट चार्जरबाट चार्ज गर्ने सुविधा पनि दिइएको छ । रिपोर्टका अनुसार यसलाई फास्ट चार्जरबाट ४५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो एकपटक फुल चार्ज गरेपछि करिब ४१२ किलोमिटरसम्म चल्न सक्छ । सो एसयूभीको मोटरले २०१ एचपी पावर र ३१० एनएमको टर्क जेनेरेट गर्छ ।

सो एसयूभीमा कालो ड्यासबोर्ड, एम्बियन्ट लाइटिङ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, स्टेयरिङ कन्ट्रोल, फ्लोटिङ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १५.१ इन्च इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो, एप्पल कारप्ले, एबीएस, ईबीडी, एयरब्याग र एबीएस जस्ता फिचर दिइएको छ ।

सो एसयूभी पहिला जापानी र युरोपेली बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ । त्यसपछि यसलाई विश्वका अन्य देशमा लन्च गरिने छ ।

सम्बन्धित समाचारहरू

माइलेज ७०, वारेन्टी १० वर्ष

माइलेज ७०, वारेन्टी १० वर्ष

भारतमा हालै सार्वजनिक गरिएको होन्डाको नयाँ मोटरसाइकल साइन १०० चर्चित...

होन्डाले ल्याउँदै आफ्नो पहिलो इलेक्ट्रिक कार, २०२६ सम्ममा लन्च हुने संकेत

होन्डाले ल्याउँदै आफ्नो पहिलो इलेक्ट्रिक कार, २०२६ सम्ममा लन्च हुने संकेत

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक कार ल्याउने तयारी गरेको छ। यो कुनै पुरानो...

क्रेटाको प्रतिस्पर्धी बन्ने छ होन्डा एलिभेट एसयूभी, जुन ६ मा सार्वजनिक हुने

क्रेटाको प्रतिस्पर्धी बन्ने छ होन्डा एलिभेट एसयूभी, जुन ६ मा सार्वजनिक हुने

होन्डाको आगामी एसयूभी होन्डा एलिभेट मिडसाइज कार ६ जुनमा सार्वजनिक हुँदैछ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...