ड्यासक्याम भएको होन्डाको पहिलो इलेक्ट्रिक बाइक लन्च

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ई-भीओ चीनमा लन्च गरेको छ। सो बाइक होन्डाले वुयाङ-होन्डासँगको सहकार्यमा विकास गरेको हो। रेट्रो क्याफे रेसर डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा आएको ई-भीओ हालका लागि केवल चिनियाँ बजारमा उपलब्ध हुनेछ।

सो बाइक  ४.१ किलोवाट ड्युअल-ब्याट्री र ६.२ किलोवाट ट्रिपल-ब्याट्री गरी दुई भेरिएन्टमा उपलब्ध छ । सानो ब्याट्रीले १२० किलोमिटर र ठूलो ब्याट्रीले १७० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ। दुबैमा १५.८ किलोवाटको मोटर जडान गरिएको छ, जसको अधिकतम गति १२० किलोमिटर प्रतिघण्टा छ । यसको सानो ब्याट्रीलाई १ देखि १.५ घण्टा र ठूलो ब्याट्रीलाई १.५ देखि २.५ घण्टामा फुल चार्ज गर्न सकिनेछ।

ई-भीओमा पूर्ण आल्मुनियम फ्रेम, ड्युअल-च्यानल एबीएस र ७६५ एमएम सिट हाइट रहेको छ । बाइकको अगाडि १६ इन्च र पछाडि १४ इन्चका पाङ्ग्रामा सेमी-स्लिक टायर जडान गरिएको छ।

ई-भीओले टेक्नोलोजीको क्षेत्रमा पनि नयाँ उचाइ छोएको छ। यो विश्वकै पहिलो इलेक्ट्रिक मोटरसाइकल हो जसमा इन्टिग्रेटेड ड्यासक्याम छ। ४.१ किलोवाट मोडलमा अगाडि क्यामेरा र ६.२ किलोवाटमा अगाडि र पछाडि दुवैमा क्यामेरा जडान गरिएको छ । बाइकमा दुईवटा ७ इन्चको टीएफटी डिस्प्ले छ, जसमा इन्स्ट्रयुमेन्ट क्लस्टर, नेभिगेसन, म्युजिक, टीपीएमएस र ब्याट्री अवस्थाजस्ता सूचना देखिन्छ। साथै, इको, नर्मल र स्पोर्ट गरी तीनवटा राइडिङ मोड छ।

सम्बन्धित समाचारहरू

होन्डा सिबी ३०० आरको बिएस६ भर्सन थप पावरफुल हुने

होन्डा सिबी ३०० आरको बिएस६ भर्सन थप पावरफुल हुने

भारतीय बजारमा लन्च हुने अन्तिम तयारीमा रहेको होन्डा सिबी ३०० आर बिएस ६...

१२५ सीसीमा आयो होन्डा डिओ, यस्ता छन् फिचर

१२५ सीसीमा आयो होन्डा डिओ, यस्ता छन् फिचर

होन्डाको लोकप्रिय स्कुटर डिओ १२५ सीसी इन्जिनमा आएको छ । होन्डाले आज भारतमा...

होन्डाले लन्च ग-यो नयाँ इलेक्ट्रिक स्कुटर, यस्तो छ विशेषता

होन्डाले लन्च ग-यो नयाँ इलेक्ट्रिक स्कुटर, यस्तो छ विशेषता

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईएम१ई युरोपेली बजारमा लन्च गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...