दसैँ-तिहारमा चांगानका गाडीलाई २४ सै घण्टा सडक सहायता, ११ स्थानमा सेवा उपलब्ध
काठमाडौं – चांगान नेपालले दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै आफ्ना...
स्मार्टले पेरिस मोटर शोमा #२ इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । दुई सिट क्षमताको सो अल्ट्रा-कम्प्याक्ट कार भीडभाडयुक्त सहर र साँघुरा सडकलाई ध्यानमा राखेर तयार पारिएको हो। यसको लम्बाइ करिब २.७ मिटर रहेको छ । सम्भवत: यो विश्वको सबैभन्दा सानो इलेक्ट्रिक कार मानिएको छ ।
स्मार्ट #२ इलेक्ट्रिक कार कम्प्याक्ट आर्किटेक्चर प्लेटफर्ममा आधारित छ। कारमा ६.९५ मिटरको टर्निङ सर्कल रहेको छ । कम्पनीले यसलाई लभ, प्योर र अनएक्सपेक्टेड जस्ता विशेषतालाई आधार बनाएर डिजाइन गरिएको छ । कारको बाहिरी बनावट सरल र आधुनिक छ।
कारको क्याबिनमा बेन्च शैलीको सिट, एस आकारको ककपिट र स्मार्ट स्प्लिट टेलगेट उपलब्ध छ । स्प्लिट टेलगेटको तल्लो भागले १२० किलोग्रामसम्म भार सहन सक्ने बताइएको छ। यसलाई आवश्यकताअनुसार सामान राख्ने प्लेटफर्मका रूपमा समेत प्रयोग गर्न सकिन्छ।
सो नयाँ कारमा ६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ। यसमा रियर ह्विल ड्राइभ सिस्टम उपलब्ध छ र यसको टप स्पिड १४० किलोमिटर प्रतिघण्टा रहेको छ। यसमा ३५.८ किलोवाट आवर क्षमताको सीएटीएल लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार सो कारले फुल चार्जमा करिब २९० किलोमिटरसम्म रेन्ज प्रदान गर्न सक्छ।
चार्जिङका लागि सो कारमा ६५ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ उपलब्ध गराएको छ । यसको ब्याट्रीलाई १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २० मिनेट लाग्छ । सो कार विशेषगरी युरोप र चीनजस्ता बजारलाई लक्षित गरेर तयार पारिएको छ। युरोपेली बजारमा यसको मूल्य करिब १९ हजार ९ सय ९० युरो राखिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...