बाइकमा क्लचको झन्झटबाट छुटकारा, होन्डाले ल्याउँदै छ अटोमेटिक ई-क्लचयुक्त बाइक

बाइक चलाउँदा बारम्बार गियर परिवर्तन गर्नुपर्ने हुन्छ । बाइकको स्पिड कम वा बढाउनु परेमा बाइकको क्लच थिचेर गियर परिवर्तन गर्नुपर्ने हुन्छ । तर अब यस्तो झन्झटबाट मुक्ति पाइने भएको छ ।

होन्डाले यस्तो बाइक बनाएको छ जसमा बाइक स्टार्ट गर्दा, गियर परिवर्तन गर्दा वा ब्रेक लगाउदा क्लच लिभर थिच्नु पर्दैन । गत वर्ष होन्डाले आफ्नो इलेक्ट्रिक क्लच सिस्टम पेश गरेको थियो । सुरुमा यसलाई सीबीआर ६५० आर र सीबी६५० मोडलमा पेश गरिएको थियो । ई-क्लच प्रविधिले बाइक चलाउने अनुभवलाई सुधार गर्नेछ।

सुरुमा होन्डा रिबेल २५० को साथमा ई-क्लच विकल्प जापानी बजारमा मात्र उपलब्ध हुनेछ। ई-क्लचलाई बजारमा पहिलेदेखि नै परम्परागत क्लच भएका मोडललाई परिमार्जन गरी स्थापना गर्न सकिन्छ । ई-क्लचलाई स्थापना गर्दा बाइकमा ठुला परिवर्तन गर्नु आवश्यक पर्दैन ।

होन्डाले आफ्नो बाइकमा ई-क्लच स्थापना पछि बाइक स्टार्ट गर्न, रोक्दा वा गियर परिवर्तन गर्दा क्लच थिच्नु पर्दैन । इलेक्ट्रोनिक कन्ट्रोल प्रयोग गरेर अटोमेटिक तरिकाबाट क्लचलाई जोड्न वा हटाउन सकिन्छ । यद्यपि यदि म्यानुअल रूपमा क्लच लागू गर्न चाहनुहुन्छ भने सो विकल्प पनि बाइकमा हुनेछ । यसले म्यानुअल क्लच प्रयोग गर्ने बानी परेका राइडरलाई सजिलो बनाउनेछ।

ई-क्लच स्थापना पछि बाइकको मूल्य केही महँगो हुनेछ ।

सम्बन्धित समाचारहरू

आउने भयो होन्डाको ‘बुलेट’ बाइक

आउने भयो होन्डाको ‘बुलेट’ बाइक

होन्डाले मार्च २ मा नयाँ बाइक लन्च गर्ने संकेत दिएको छ । यो नियो–रेट्रो...

अन्ततः लन्च भयो कम्प्याक्ट एसयूभी होन्डा एलिभेट, यस्तो छ पावर, माइलेज र विशेषता

अन्ततः लन्च भयो कम्प्याक्ट एसयूभी होन्डा एलिभेट, यस्तो छ पावर, माइलेज र विशेषता

होन्डाको कम्प्याक्ट एसयूभी होन्डा एलिभेट भारतीय बजारमा लन्च भइसकेको छ ।...

दैनिक ३ सय रुपैयाँ तिरेर यसरी लिन सकिन्छ होन्डा हर्नेट २.०, आज अन्तिम दिन

दैनिक ३ सय रुपैयाँ तिरेर यसरी लिन सकिन्छ होन्डा हर्नेट २.०, आज अन्तिम दिन

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...