बाइकमा क्लचको झन्झटबाट छुटकारा, होन्डाले ल्याउँदै छ अटोमेटिक ई-क्लचयुक्त बाइक

बाइक चलाउँदा बारम्बार गियर परिवर्तन गर्नुपर्ने हुन्छ । बाइकको स्पिड कम वा बढाउनु परेमा बाइकको क्लच थिचेर गियर परिवर्तन गर्नुपर्ने हुन्छ । तर अब यस्तो झन्झटबाट मुक्ति पाइने भएको छ ।

होन्डाले यस्तो बाइक बनाएको छ जसमा बाइक स्टार्ट गर्दा, गियर परिवर्तन गर्दा वा ब्रेक लगाउदा क्लच लिभर थिच्नु पर्दैन । गत वर्ष होन्डाले आफ्नो इलेक्ट्रिक क्लच सिस्टम पेश गरेको थियो । सुरुमा यसलाई सीबीआर ६५० आर र सीबी६५० मोडलमा पेश गरिएको थियो । ई-क्लच प्रविधिले बाइक चलाउने अनुभवलाई सुधार गर्नेछ।

सुरुमा होन्डा रिबेल २५० को साथमा ई-क्लच विकल्प जापानी बजारमा मात्र उपलब्ध हुनेछ। ई-क्लचलाई बजारमा पहिलेदेखि नै परम्परागत क्लच भएका मोडललाई परिमार्जन गरी स्थापना गर्न सकिन्छ । ई-क्लचलाई स्थापना गर्दा बाइकमा ठुला परिवर्तन गर्नु आवश्यक पर्दैन ।

होन्डाले आफ्नो बाइकमा ई-क्लच स्थापना पछि बाइक स्टार्ट गर्न, रोक्दा वा गियर परिवर्तन गर्दा क्लच थिच्नु पर्दैन । इलेक्ट्रोनिक कन्ट्रोल प्रयोग गरेर अटोमेटिक तरिकाबाट क्लचलाई जोड्न वा हटाउन सकिन्छ । यद्यपि यदि म्यानुअल रूपमा क्लच लागू गर्न चाहनुहुन्छ भने सो विकल्प पनि बाइकमा हुनेछ । यसले म्यानुअल क्लच प्रयोग गर्ने बानी परेका राइडरलाई सजिलो बनाउनेछ।

ई-क्लच स्थापना पछि बाइकको मूल्य केही महँगो हुनेछ ।

सम्बन्धित समाचारहरू

होन्डाले ल्यायो विश्वको पहिलो एयरब्याग जडित बाइक

होन्डाले ल्यायो विश्वको पहिलो एयरब्याग जडित बाइक

होन्डाले कारमा जस्तै एयरब्यागको सुविधा भएको बाइक ल्याएको छ । सो बाइकको नाम...

नेपाली बजारमा ८ लाख ९९ हजार रुपैयाँ सम्म मूल्यका ४ क्रुजर बाइक

नेपाली बजारमा ८ लाख ९९ हजार रुपैयाँ सम्म मूल्यका ४ क्रुजर बाइक

क्रुजर बाइकको लोकप्रियता युवामाझ बढ्दै गएको छ । आरामदायी सिट पोजिसन, कम सिट...

३५ हजार कम मूल्य सहित होन्डा सीबी ३५० आरएसको आज औपचारिक बिक्री शुभारम्भ हुने

३५ हजार कम मूल्य सहित होन्डा सीबी ३५० आरएसको आज औपचारिक बिक्री शुभारम्भ हुने

काठमाडौं – होन्डाले नेपाली बजारमा उपलब्ध गराएको नयाँ मोटरसाइकल सीबी ३५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...