भारतमा निर्मित होन्डा एलिभेटलाई जापानमा ५ स्टार रेटिङ, नेपाली बजारमा समेत उपलब्ध

होन्डा एलिभेटलाई जापान एनक्यापले ५ स्टार रेटिङ प्रदान गरेको छ । भारतमा उत्पादन हुने यस एसयूभीलाई जापानी बजारमा डब्लुआर–भीको नामले बिक्री गरिँदै आएको छ ।

क्र्यास टेष्ट रिपोर्ट अनुसार, एलिभेटले १९३.८ अंक मध्ये १७६.२३ अंक प्राप्त गर्दै समग्रमा ९० प्रतिशत स्कोर पाएको हो । एलिभेटले कोलिजन परीक्षणमा १०० मध्ये ८६.०१ अंकसहित ग्रेड ए प्राप्त गरेको छ । एसयुभीलाई प्रिभेन्टिभ सुरक्षाको लागि ८५.८ मध्ये ८२.२२ अंक र यसको स्वचालित आपतकालीन कल सुविधाको लागि पूर्ण अंक (८ मध्ये ८) प्रदान गरिएको छ ।

एलिभेटले साइड कोलिजन परीक्षण र पैदल यात्री खुट्टा सुरक्षामा ५ मध्ये ५ अंक र घाँटीको चोट र पैदल यात्री टाउको सुरक्षाको लागि ५ मध्ये ४ अंक प्राप्त गरेको छ । जापान एनक्यापले एसयुभीको एडास प्रणालीको पनि मूल्याङ्कन गरेको छ । यसले लेन डिपार्चर प्रिभेन्सन एसिस्टका लागि ५ मध्ये ५ र हाई पर्फमेन्स हेडलाइट तथा पेडलको गलत प्रयोग रोकथाम परीक्षणको लागि ५ मध्ये ४ अंक प्रप्त गरेको छ ।

होन्डा एलिभेट नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको कम्प्याक्ट एसयुभी हो । यस एसयुभीलाई पद्म ज्योती ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले बिक्री गर्दै आएको छ । नेपालमा यसको मूल्य ५६ लाख ३५ हजारदेखी ७९ लाख ४४ हजार रुपैयाँसम्म पर्छ ।

सम्बन्धित समाचारहरू

होन्डा र निसानको सहकार्यः अब संयुक्त रूपमा बनाउनेछन् कारको लागि अत्याधुनिक सफ्टवेयर

होन्डा र निसानको सहकार्यः अब संयुक्त रूपमा बनाउनेछन् कारको लागि अत्याधुनिक सफ्टवेयर

जापानका दुई प्रमुख कार निर्माता कम्पनी होन्डा र निसानले संयुक्त रूपमा...

फेरी वढ्न थाल्यो मोटरसाइकल र स्कुटरको मूल्य, एक हप्तामा महंगिए यी ३ ब्रान्ड

फेरी वढ्न थाल्यो मोटरसाइकल र स्कुटरको मूल्य, एक हप्तामा महंगिए यी ३ ब्रान्ड

मोटरसाइकल र स्कुटरको मूल्य हरेक महिना बृद्धि हुने क्रमले वैशाख महिनामा...

ज्याङलापास पुगेर ५,३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कुटर बन्यो होन्डा डिओ १२५

ज्याङलापास पुगेर ५,३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कुटर बन्यो होन्डा डिओ १२५

काठमाडौँ – नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कुटरले ५ हजार ३००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...