होन्डा साइन बन्यो १ करोड ग्राहक भएको पहिलो १२५ सीसी बाइक
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डिया प्रालिले ठुलो कोसेढुङ्गा हासिल...
होन्डा एलिभेटलाई जापान एनक्यापले ५ स्टार रेटिङ प्रदान गरेको छ । भारतमा उत्पादन हुने यस एसयूभीलाई जापानी बजारमा डब्लुआर–भीको नामले बिक्री गरिँदै आएको छ ।
क्र्यास टेष्ट रिपोर्ट अनुसार, एलिभेटले १९३.८ अंक मध्ये १७६.२३ अंक प्राप्त गर्दै समग्रमा ९० प्रतिशत स्कोर पाएको हो । एलिभेटले कोलिजन परीक्षणमा १०० मध्ये ८६.०१ अंकसहित ग्रेड ए प्राप्त गरेको छ । एसयुभीलाई प्रिभेन्टिभ सुरक्षाको लागि ८५.८ मध्ये ८२.२२ अंक र यसको स्वचालित आपतकालीन कल सुविधाको लागि पूर्ण अंक (८ मध्ये ८) प्रदान गरिएको छ ।
एलिभेटले साइड कोलिजन परीक्षण र पैदल यात्री खुट्टा सुरक्षामा ५ मध्ये ५ अंक र घाँटीको चोट र पैदल यात्री टाउको सुरक्षाको लागि ५ मध्ये ४ अंक प्राप्त गरेको छ । जापान एनक्यापले एसयुभीको एडास प्रणालीको पनि मूल्याङ्कन गरेको छ । यसले लेन डिपार्चर प्रिभेन्सन एसिस्टका लागि ५ मध्ये ५ र हाई पर्फमेन्स हेडलाइट तथा पेडलको गलत प्रयोग रोकथाम परीक्षणको लागि ५ मध्ये ४ अंक प्रप्त गरेको छ ।
होन्डा एलिभेट नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको कम्प्याक्ट एसयुभी हो । यस एसयुभीलाई पद्म ज्योती ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले बिक्री गर्दै आएको छ । नेपालमा यसको मूल्य ५६ लाख ३५ हजारदेखी ७९ लाख ४४ हजार रुपैयाँसम्म पर्छ ।
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डिया प्रालिले ठुलो कोसेढुङ्गा हासिल...
होन्डाले एसपी–१२५ को लिमिटेड एडिसन ‘स्पोर्ट्स’ लन्च गरेको छ । सिमित...
होन्डाले भारतीय बजारमा सार्वजनिक गरेको साइन १०० अहिले निकै चर्चामा रहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...