लन्च हुनु पहिले होन्डा एलिभेटका विभिन्न भेरिएन्टको फिचर सार्वजनिक

होन्डाले आफ्नो नयाँ एलिभेट एसयूभी ४ सेप्टेम्बर अर्थात सोमबार लन्च गर्दैछ । कम्पनीले यो एसभी, भी, भीएक्स र जेडएक्स गरी ४ भेरिएन्टमा लन्च गर्न लागेको हो ।

एलिभेटमा १.५ लिटर ४ सिलिन्डर भीटेक पेट्रोल इन्जिन हुनेछ, जसले १२१ पीएसको पावर र १४५ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड म्यानुअल ट्रान्समिशन वा सीभीटी अटोमेटिक युनिटसँग जोडिएको छ । यसको इन्ट्रि लेवल भेरिएन्टको मूल्य ११ लाख भारु र टप स्पेक ट्रिमको मूल्य १८ लाख भारु पर्न सक्ने अनुमान गरिएको छ ।

एलिभेटको माइलेज करिब १७ देखि १८ किमी प्रतिलिटर हुने अनुमान गरिएको छ । यसको बेस भेरिएन्टमा स्ट्यान्डर्डको रुपमा ड्युअल फ्रन्ट एयरब्यग, १६ इन्च स्टिल ह्विल, एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी टेललाइट, पुश बटन इन्जिट स्टार्ट÷स्टप, अटोमेटिक एयर कन्डिशनिङ सिस्टम, बेज फेब्रिक अपहोल्स्ट्री जस्ता फिचर हुनेछ ।

यसमा वायसलेस एपल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको साथमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इन कार कनेक्टेड टेक्नोलोजी, ४ स्पिकर अडियो, मल्टिफङसनल स्टेयरिङ ह्विल, रिभर्स पार्किङ क्यामेरा र भी भेरिएन्टमा सीभीटी ट्रान्समिसनको विकल्प रहेको छ ।

होन्डा एलिभेट भीएक्स ट्रिममा ६ स्पिकर, ७ इन्चको सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, वायलेस चार्जिङ सुविधा, एलईडी फगलाइट, सिंगल प्यान सनरुफ, १७ इन्च अलोय ह्विल, इलेक्ट्रिकल्ली फोल्डेबल ओआरभीएमएस र लेन वाच क्यामेरा जस्ता फिचर समावेश छ । जेडएक्स भेरिएन्टलाई ड्युअल टोन एक्टेरियर शेडको साथमा बिक्री गर्नेछ ।

टप इन्ड जेडक्एसमा १०ं.२५ इन्च फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्राउन लेदर अपहोल्स्ट्री, अटो डिमिङ र डे÷नाइट आईआरभीएम, सफ्ट टच ड्याशबोर्ड फिनिश, एडीएएस बेस्ड ड्राइभर असिस्टिभ, ८ स्पिकर, ६ एयरब्याग र सेफ्टी टेक्नोलोजीको होन्डा सेन्सिङ सुट पनि समावेश हुनेछ ।

नयाँ एलिभेट ७ सिंगल र ३ ड्युअल टोन कलर गरी कुल १० कलरमा उपलब्ध हुनेछ । नयाँ एलिभेटले हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती ग्रान्ड भिटारा, स्कोडा कुशाक, फक्सवागन टाइगुन, एमजी एस्टर र नयाँ सिट्रोन सी३ सँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

गाडी बाढीमा डुबेमा के गर्ने ? यस्तो छ हुन्डाई केयरको सुझाव

गाडी बाढीमा डुबेमा के गर्ने ? यस्तो छ हुन्डाई केयरको सुझाव

देशभर पानी परेर विभिन्न समस्या सिर्जना भएको छ । लामो समय देखि परेको पानी र...

होन्डा, हुन्डाई र स्कोडाले नयाँ सेडान ल्याउँदै, यस्तो हुनेछ पावर र पर्फमेन्स

होन्डा, हुन्डाई र स्कोडाले नयाँ सेडान ल्याउँदै, यस्तो हुनेछ पावर र पर्फमेन्स

होन्डा, हुन्डाई र स्कोडाले भारतीय बजारलाई लक्षित गरी नयाँ सेडान ल्याउने...

७ सिटर हुन्डाई अल्काजारका लागि अझै केही दिन कुर्नु पर्ने

७ सिटर हुन्डाई अल्काजारका लागि अझै केही दिन कुर्नु पर्ने

हुन्डाईले पहिले देखि नै लन्च गर्ने घोषणा गरेको ७ सिटर एसयूभी अल्काजारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...