अन्ततः लन्च भयो कम्प्याक्ट एसयूभी होन्डा एलिभेट, यस्तो छ पावर, माइलेज र विशेषता

होन्डाको कम्प्याक्ट एसयूभी होन्डा एलिभेट भारतीय बजारमा लन्च भइसकेको छ । यसले हुन्डाई क्रेटा, मारुती सुजुकी ग्रान्ड भिटारा र किया सेल्टोस जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ । एलिभेट एसयूभी ४ भेरिएन्ट एसभी, भी, भीएक्स र जेडएक्समा उपलब्ध छ ।

एलिभेटको बुकिङ उत्साहजनक रहेको कम्पनीले जानकारी दिएको छ । एलिभेट विशेषगरी ग्लोबल अर्बन एसयूभीको रूपमा भारतीय बजारलाई ध्यानमा राखेर डिजाइन गरिएको हो । कम्पनीले एलिभेट विश्व बजारमा पनि लन्च गर्ने संकेत दिएको छ ।

एलिभेटमा मा १.५ लिटर भीटेक पेट्रोल इन्जिन जडान गरिएको छ, जसले अधिकतम १२१ बीएचपी पावर र १४५.१ एनएमको टर्क जेनेरेट गर्छ । यो इन्जिन ६ स्पिड म्यानुअल गियरबक्स र सीभीटी गियरबक्समा जोडिएको छ एलिभेट एसयूभीको म्यानुअल भेरिएन्टले १५.३१ किमी÷लिटर माइलेज दिने होन्डाले जनाएको छ । जबकि सीभीटी भर्सनले १६.९२ किमी÷लिटर माइलेज दिन्छ ।

एलिभेट एसयूभी बक्सी फ्रन्ट प्रोफाइलको साथ उपलब्ध छ । यसमा ब्ल्याक रेडिएटर ग्रिल, एलईडी हेडलाइट, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेललाइट, ब्ल्याक फग ल्याम्प हाउसिङ्स र ह्विल आर्च हाउसिङ स्पोर्टी १७ इन्च अलोय ह्विलको छ । एसयूभीमा २२० एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ ।

एलिभेटको क्याबिन स्पेशियस र सिम्पलको छ । यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसले वायरलेस स्मार्टफोन कनेक्टिभिटीलाई सपोर्ट गर्छ । साथै ७ इन्चको एचडी कलर टीएफटी ड्राइभर डिस्प्ले र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता धेरै फिचर पनि उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

होन्डा नेपालले सार्वजनिक ग-यो सिटी ई–एचईभी

होन्डा नेपालले सार्वजनिक ग-यो सिटी ई–एचईभी

होन्डा नेपालले हालै नेपाली बजारमा सिटी ई–एचईभी सार्वजनिक गरेको छ । वर्षौं...

सोनी र होन्डाको ज्वाइन्ट भेन्चरमा २ वर्ष पछि सार्वजनिक हुने अफिला ईभीमा यस्ता छन् भव्य फिचर

सोनी र होन्डाको ज्वाइन्ट भेन्चरमा २ वर्ष पछि सार्वजनिक हुने अफिला ईभीमा यस्ता छन् भव्य फिचर

सोनी र होन्डाले मिलेर निर्माण गरिरहेको इलेक्ट्रिक कार ‘अफिला’ विश्व...

होन्डा कारको मनसुन सर्भिस क्याम्प शुरु, यस्तो छ सुबिधा

होन्डा कारको मनसुन सर्भिस क्याम्प शुरु, यस्तो छ सुबिधा

काठमाडौं– होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...