एच–स्मार्ट टेक्नोलोजीमा आउने भयो होन्डा डियो

होन्डाको लोकप्रिय स्कुटर डियो अब एच–स्मार्ट टेक्नोलोजीमा आउने भएको छ । यो भन्दा पहिले होन्डा एक्टिभामा यो प्रविधि भएकोमा अब डियोमा समेत यो प्रविधि आउने छ ।

एच–स्मार्ट टेक्नोलोजीमा किलेस फङसन र अलोय ह्विल जस्ता फिचर हुनेछन् । यस अन्तर्गत स्मार्ट फाइन्ड फिचरले सबै चारवटै इन्डिकेटरबाट भेइकलको लोकेसन देखाउछ ।

स्मार्ट स्टार्टले स्विचलाई फ्लिप गरेकै भरमा स्कुटर स्टार्ट हुन दिन्छ भने स्मार्ट अनलकले किफोबको प्रयोग गरी ह्यान्डलबार, फ्युल फिलर क्याप र अन्डरसिट स्टोरेज खोल्छ । स्मार्ट सेफ फिचरले किलेस फङसनलाई बन्द गरी स्कुटरलाई सुरक्षित बनाउछ ।

मेकानिकल रुपमा भने यसको फिचरमा अन्य कुनै परिवर्तन हुने छैन । डियोमा १०९ सीसीको सिंगल सिलिन्डर इन्जिन छ, जसले ७.८ बीएचपी पावर र ९ एनएम टर्क जेनेरेट गर्छ ।

बजारमा उपलब्ध भए पश्चात यो मोडलको मूल्य हालको मोडल भन्दा केही बढी हुन सक्ने अनुमान गरिएको छ ।

हाल नेपाली बजारमा होन्डा डियो स्ट्यान्डर्डको मूल्य २ लाख १८ हजार ९ सय र डियो डिलक्सको मूल्य २ लाख २८ हजार ९ सय रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

थाइल्यान्डबाट सार्वजनिक भयो होन्डाको पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिट

थाइल्यान्डबाट सार्वजनिक भयो होन्डाको पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिट

होन्डाले पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिटलाई औपचारिक रुपमा...

होन्डाले ल्यायो स्पोर्टी डिजाइन र थप माइलेज भएको नयाँ डियो स्कुटर

होन्डाले ल्यायो स्पोर्टी डिजाइन र थप माइलेज भएको नयाँ डियो स्कुटर

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले डियो स्कुटरको नयाँ भर्सन लन्च...

नयाँ होन्डा सीजीएक्स १५० सार्वजनिक, अफ-रोडिङ सुविधाले सुसज्जित

नयाँ होन्डा सीजीएक्स १५० सार्वजनिक, अफ-रोडिङ सुविधाले सुसज्जित

होन्डाले विश्व बजारमा लन्च गर्नुअघि आफ्नो आगामी बाइक सीजीएक्स १५० का केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...