सरल फाइनान्स अन्तर्गत यी तीन विकल्पमा लिन सकिन्छ होन्डा ग्राजिया, यस्तो छ फिचर्स
होन्डा मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
होन्डाको लोकप्रिय स्कुटर डिओ १२५ सीसी इन्जिनमा आएको छ । होन्डाले आज भारतमा १२५ सीसीको डिओलाई सार्वजनिक गरेको हो । स्ट्यान्डर्ड र स्मार्ट गरी कुल दुई भेरिएन्टमा उपलब्ध सो स्कुटरको मूल्य क्रमश ८३ हजार ४०० र ९१ हजार ३०० भारु निर्धारण गरिएको छ ।
होन्डाले केही समय अघिबाटै १२५ सीसीको नयाँ स्कुटर आउन लागेको जानकारी दिए पनि डीओ १२५ नै आउन लागेको भन्ने विषयलाई भने गुपचुप नै राखेको थियो । डिओ १२५ मा होन्डाले ग्राजिया १२५ को पावरट्रेन सेयर गरेको अनुमान गरिएको छ । सो स्कुटरमा स्मार्ट की सिस्टम समेत उपलब्ध गराइएको छ । साथै यसमा दिइएको डुअल आउटलेट मफलरले स्कुटरलाई थप स्पोर्टी देखाएको छ ।
सो स्कुटरमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, कम्वी–व्रेक सिस्टम, १७१ एमएमको ग्राउन्ड क्लिरियन्स, १८ लिटरको अन्डर सिट स्टोरेज लगायत विशेषता पाउन सकन्छि । कम्पनीले यो स्कुटरमा १० वर्षको वारेन्टि दिने जनाएको छ । जसमध्ये ३ वर्षको स्ट्यान्डर्ड र वाँकी ७ वर्ष अप्सनल वारेन्टि हुनेछ ।
नेपाली बजारमा सर्बाधिक विक्री हुँदै आएको डिओ हाल ११० सीसीमा उपलब्ध छ । नेपालमा यसले १२५ सीसीको वर्चश्व वढ्नुअघि एकछत्र जस्तै बजार लिएको थियो । अहिले बजार १२५ सीसीमा सिफ्ट भएका कारण डिओको बजार ग्राजियाले लिएको छ ।
यसअघि निकै नै लोकप्रिय सावित भइसकेको मोडल भएका कारण यसको १२५ सीसीले स्कुटर बजारमा पुन कब्जा जमाउन सक्ने अनुमान गर्न सकिन्छ । सो नयाँ स्कुटरले टिभिएस एनटर्क र यमाहा रे–जेडआर १२५ लगायतसंग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
होन्डा मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकलको आधिकारिक वितरक स्याकार...
काठमाडौं – प्रसिद्ध अटोमोबाइल व्यवसायी एवं मोटरसाइकल सौखिन सौरभ ज्योति...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...