४ लाख बढेर आयो होन्डा सिआरएफ ३०० एल

काठमाडौं– होन्डाको प्रिमियम अफरोड बाईक सिआरएफ ३०० एल अपडेट भएर नेपाल आएको छ । होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले यसअघि बिक्री गर्दै आएको मूल्यमा ४ लाखसम्म बढाएर यसको बिक्री शुरु गरेको छ । चालु आर्थिक वर्षको बजेटमा २५० देखी ४०० सीसी सेग्मेन्टमा कर घटेपनि कम्पनीले भने उल्टै मूल्य बढाएर बिक्री थालेको हो ।

दुई भेरिएन्टमा उपलब्ध सो मोटरसाइकलको सिआरएफ ३०० एललाई २० लाख ७५ हजार र -याली एडिसनको २३ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । यसअिघ यी दुई भेरिएन्टलाई कम्पनीले १७ लाख ५० हजार र १९ लाख ५० हजारमा बिक्री गर्दै आएको थियो । नयाँ मूल्य अनुसार यी बाइकमा ३ लाख ७५ हजार र ४ लाख रुपैयाँ बृद्धि भएको हो ।

सिआरएफ ३०० एलमा होन्डाले २८६ सिसी क्षमताको सींगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ डिओएचसी इन्जिन जडान गरेको छ । जसको पावर २७.३२ पीएस र टर्क २६.६ एनएम रहेको छ । सो मोटरसाइकलमा लिक्विड कुल्ड कुलिङ सिस्टम दिइएको छ । ६ स्पिड गियर वक्स जडान गरिएको यो मोटरसाइकललाई १३० किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ ।

यसको स्टयन्डर्ड भेरिएन्टमा ८ लिटर र ¥यालीमा १२.८ लिटर क्षमतको फ्यूल ट्यांक दिइएको छ । यसैगरी स्ट्यान्डर्डको सिट हाइट ८८१ एमएम, ग्राउन्ड क्लिरियन्स २८५ एमएम र तौल १४१ किलोग्राम छ । साथै -याली एडिसनको सिट हाइट ८९५ एमएम, ग्राउन्ड क्लिरियन्स २७७ एमएम र तौल १५३ किलोग्राम छ । यो मोटरसाइकल रातो रङमा मात्र उपलब्ध छ ।

होन्डा सिआरएफ ४५० आरबाट प्रेरित डिजाइमा तयार पारिएको यो मोटरसाइकलको हेडलाइट, इन्डिकेटर र टेललाइटमा हेलोजन बल्ब दिइएको छ । यसमा नयाँ एलसीडी डिजिटल मिटर, मोटोक्रस स्टायल सिट, डुअल डिस्क ब्रेक र डुअल च्यानल एविएस लगायत फिचर पाउन सकिन्छ । बाइकको अगाडी इन्भर्टेड फर्क र पछाडी प्रो–लिंक सस्पेन्सन जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड, होन्डा र हिरो मोटरसाइकल नेपालमै एसेम्बल हुने, दर्ता भए तीन उद्योग

रोयल इन्फिल्ड, होन्डा र हिरो मोटरसाइकल नेपालमै एसेम्बल हुने, दर्ता भए तीन उद्योग

नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा...

होन्डाले ल्यायो २०२३ मोडलको नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस बाइक

होन्डाले ल्यायो २०२३ मोडलको नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस बाइक

होन्डाले नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस लन्च गरेको छ । साथै कम्पनीले यी...

सोनी होन्डाको इलेक्ट्रिक कार परियोजना रद्द, अफिला १ सहित सबै योजना स्थगित

सोनी होन्डाको इलेक्ट्रिक कार परियोजना रद्द, अफिला १ सहित सबै योजना स्थगित

जापानका दुई ठुला प्रविधि तथा अटोमोबाइल कम्पनी साेनी र होन्डाद्वारा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...