४ लाख बढेर आयो होन्डा सिआरएफ ३०० एल

काठमाडौं– होन्डाको प्रिमियम अफरोड बाईक सिआरएफ ३०० एल अपडेट भएर नेपाल आएको छ । होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले यसअघि बिक्री गर्दै आएको मूल्यमा ४ लाखसम्म बढाएर यसको बिक्री शुरु गरेको छ । चालु आर्थिक वर्षको बजेटमा २५० देखी ४०० सीसी सेग्मेन्टमा कर घटेपनि कम्पनीले भने उल्टै मूल्य बढाएर बिक्री थालेको हो ।

दुई भेरिएन्टमा उपलब्ध सो मोटरसाइकलको सिआरएफ ३०० एललाई २० लाख ७५ हजार र -याली एडिसनको २३ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । यसअिघ यी दुई भेरिएन्टलाई कम्पनीले १७ लाख ५० हजार र १९ लाख ५० हजारमा बिक्री गर्दै आएको थियो । नयाँ मूल्य अनुसार यी बाइकमा ३ लाख ७५ हजार र ४ लाख रुपैयाँ बृद्धि भएको हो ।

सिआरएफ ३०० एलमा होन्डाले २८६ सिसी क्षमताको सींगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ डिओएचसी इन्जिन जडान गरेको छ । जसको पावर २७.३२ पीएस र टर्क २६.६ एनएम रहेको छ । सो मोटरसाइकलमा लिक्विड कुल्ड कुलिङ सिस्टम दिइएको छ । ६ स्पिड गियर वक्स जडान गरिएको यो मोटरसाइकललाई १३० किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ ।

यसको स्टयन्डर्ड भेरिएन्टमा ८ लिटर र ¥यालीमा १२.८ लिटर क्षमतको फ्यूल ट्यांक दिइएको छ । यसैगरी स्ट्यान्डर्डको सिट हाइट ८८१ एमएम, ग्राउन्ड क्लिरियन्स २८५ एमएम र तौल १४१ किलोग्राम छ । साथै -याली एडिसनको सिट हाइट ८९५ एमएम, ग्राउन्ड क्लिरियन्स २७७ एमएम र तौल १५३ किलोग्राम छ । यो मोटरसाइकल रातो रङमा मात्र उपलब्ध छ ।

होन्डा सिआरएफ ४५० आरबाट प्रेरित डिजाइमा तयार पारिएको यो मोटरसाइकलको हेडलाइट, इन्डिकेटर र टेललाइटमा हेलोजन बल्ब दिइएको छ । यसमा नयाँ एलसीडी डिजिटल मिटर, मोटोक्रस स्टायल सिट, डुअल डिस्क ब्रेक र डुअल च्यानल एविएस लगायत फिचर पाउन सकिन्छ । बाइकको अगाडी इन्भर्टेड फर्क र पछाडी प्रो–लिंक सस्पेन्सन जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

होन्डाले नयाँ स्कुटर ल्याउदै, टिजर सार्वजनिक

होन्डाले नयाँ स्कुटर ल्याउदै, टिजर सार्वजनिक

आफ्नो फ्ल्यागसिप मोडल एक्टिभाका साथ स्कुटर बजारमा राज गरिरहेको होन्डाले...

होन्डाका दुई नयाँ विद्युतीय स्कुटरको प्रि–बुकिङ सुरु

होन्डाका दुई नयाँ विद्युतीय स्कुटरको प्रि–बुकिङ सुरु

होन्डाले आफ्नो दुई नयाँ स्कुटर एक्टिभा ईः र क्यूसी१ इलेक्ट्रिक स्कुटरको...

हिरो र होन्डाले बजारबाट हटाए यी बाइक

हिरो र होन्डाले बजारबाट हटाए यी बाइक

सन् २०२४ मा भारतीय बजारमा नयाँ बाइक लन्च हुनुका साथै केही बाइक बजारबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...