होन्डाका दुई नयाँ विद्युतीय स्कुटरको प्रि–बुकिङ सुरु

होन्डाले आफ्नो दुई नयाँ स्कुटर एक्टिभा ईः र क्यूसी१ इलेक्ट्रिक स्कुटरको प्रि–बुकिङ खुला गरेको छ । कम्पनीले भारतको मुम्बई, बेंगलुरु, हैदरावाद, पुणे र दिल्लीमा बुकिङ लिन थालेको हो । होन्डाका अनुसार ग्राहकले १ हजार भारु टोकन रकम तिरेर ई–स्कुटर बुक गर्न सक्नेछन् ।

ती दुबै स्कुटरलाई होन्डाले गत वर्ष नोभेम्बरमा सार्वजनिक गरेको थियो । यी भारतीय बजारका लागि होन्डाको पहिलो विद्युतीय स्कुटर हुन् ।

एक्टिभा ईः मा १.५ किलोवाट आवरको स्वापेबल ब्याट्री प्याक तथा ६ किलोवाटको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । यसको पिक टर्क २२ एनएम छ भने एकपटकको फुल चार्जमा १०२ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

यसैगरी, अर्को मोडल क्यूसी१ मा १.५ किलोवाट आवरको फिक्स्ड ब्याट्री प्याक राखिएको छ । यसले १.८ किलोवाट पावर र ७७ एनएम को पीक आउटपुटका साथ इन–व्हील इलेक्ट्रिक मोटरलाई शक्ति दिन्छ । साथै यसमा स्ट्यान्डर्ड र इकोन गरी दुईवटा राइडिङ मोड छ भने यसलाई ५० किलोमिटर प्रति घण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।

यी दुबै स्कुटरको मूल्य यसै महिनाको अन्त्यमा घोषणा गर्ने र डेलिभरी फेब्रुअरीमा सुरु गर्ने होन्डाको तयारी छ ।

सम्बन्धित समाचारहरू

होन्डाले स्मार्ट टेक्नोलोजी र हाईटेक फिचर भएको दुई इलेक्ट्रिक एसयूभी ल्याउँदै

होन्डाले स्मार्ट टेक्नोलोजी र हाईटेक फिचर भएको दुई इलेक्ट्रिक एसयूभी ल्याउँदै

होन्डाले कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस २०२५) मा जिरो सिरिज अन्तर्गत...

होन्डाको दुई नयाँ कार नेपाल आउँदै, यस्तो छ फिचर, पावर र पर्फमेन्स

होन्डाको दुई नयाँ कार नेपाल आउँदै, यस्तो छ फिचर, पावर र पर्फमेन्स

होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सेडान...

होन्डा एक्टिभा इलेक्ट्रिक नोभेम्बर २७ मा लन्च हुँदै, टिजर सार्वजनिक

होन्डा एक्टिभा इलेक्ट्रिक नोभेम्बर २७ मा लन्च हुँदै, टिजर सार्वजनिक

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले नोभेम्बर २७ मा आफ्नो एक्टिभा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...