हिरोलाई पछि पार्दै होन्डा बन्यो भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड

काठमाडौं– विगत लामो समयदेखी भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड रहँदै आएको हिरोले अन्तत आफ्नो ताज गुमाएको छ । हिरोको बिक्रीलाई पछि पार्दै होन्डाले नम्वर–१ दुई पाङ्ग्रेका रुपमा आँफूलाई स्थापित गराएको हो । पछिल्लो केही समययता होन्डाले हिरोसंगको दुरी कम गर्दै छिट्टै नम्वर १ ब्रान्ड बन्ने संकेत देखाएको थियो ।

गत जुलाईमा हाँसिल भएको बिक्रीका आधारमा हिरोलाई पछि पार्दै होन्डा नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड बनेको हो । जुलाई महिनामा हिरोले भन्दा १ लाख १३ हजार यूनिट धेरै मोटरसाइकल तथा स्कुटर होन्डाले बिक्री गरेको तथ्यांक छ । यो बिक्री संख्यामा स्थानिय बजार र निर्यातको तथ्यांक पनि समावेश गरिएको छ ।

उक्त महिना होन्डाले ४ लाख ८३ हजार यूनिट मोटरसाइकल तथा स्कुटर बिक्री गर्दा हिरोले जम्मा ३ लाख ७० हजार यूनिटमात्र बिक्री गरेको छ । होन्डाको कुल बिक्रीमा ९१ प्रतिशत हिस्सा स्थानिय बजारले लिएको छ भने ९ प्रतिशत निर्यात भएको हो ।

यसैगरी हिरोले बिक्री गरेको ३ लाख ७० हजार मोटरसाइकल र स्कुटरमध्ये ९४ प्रतिशत स्थानिय बजारले र ६ प्रतिशत निर्यातले ओगटेको छ । यी दुबै ब्रान्डको बिक्री गत जुन महिनाको तुलनामा घटेको छ । जसअनुसार होन्डाले स्थानिय बजारमा हाँसिल गरेको बिक्री ९ प्रतिशतले कम हुँदा निर्यात भने २१ प्रतिशतले बढाएको छ ।

उता हिरोको भने स्थानिय बजारमा निकै ठूलो गिरावट आउँदा निर्यात भने उच्च दरले बृद्धि भएको छ । गत जुन महिनाको तुलनामा हिरोले स्थानिय बजारमा २९ प्रतिशतले बजार गुमाउँदा निर्यातमा भने ८९ प्रतिशतले सुधार गरेको हो । होन्डाको बिक्रीमा ठूलो हिस्सा स्कुटरले ओगट्दा हिरोमा भने मोटरसाइकलको योगदान निकै उच्च छ ।

सम्बन्धित समाचारहरू

सोनी र होन्डाको ज्वाइन्ट भेन्चरमा २ वर्ष पछि सार्वजनिक हुने अफिला ईभीमा यस्ता छन् भव्य फिचर

सोनी र होन्डाको ज्वाइन्ट भेन्चरमा २ वर्ष पछि सार्वजनिक हुने अफिला ईभीमा यस्ता छन् भव्य फिचर

सोनी र होन्डाले मिलेर निर्माण गरिरहेको इलेक्ट्रिक कार ‘अफिला’ विश्व...

२०४० सम्ममा पेट्रोलबाट चल्ने मोटरसाइकलको उत्पादन बन्द गर्ने होण्डाको घोषणा

२०४० सम्ममा पेट्रोलबाट चल्ने मोटरसाइकलको उत्पादन बन्द गर्ने होण्डाको घोषणा

जापनिज टु ह्विलर ब्राण्ड होण्डाले पेट्रोलबाट चल्ने मोटरसाइकलको उत्पादन...

होन्डाको डर्ट बाइक : ३७ हजार मूल्य बढ्दा सोल्ड आउट, अब बुकिङ गर्नेलाई केही दिनमा डेलिभरी गरिने

होन्डाको डर्ट बाइक : ३७ हजार मूल्य बढ्दा सोल्ड आउट, अब बुकिङ गर्नेलाई केही दिनमा डेलिभरी गरिने

काठमाडौं – नेपाली बजारमा होन्डाले पहिले देखि नै उपलब्ध गराउदै आएको डर्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...