आयसरका सवारी साधन किन्न हिमालयन बैंकले फाइनान्स गर्ने

काठमाडौं – आयसर ब्रान्डका विभिन्न मोडलका बस, ट्रक र टिप्परहरु खरिद गर्ने ग्राहकहरुलाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन हिमालयन बैक लिमिटेड र बतास अर्गनाइजेसन अन्र्तगत रहेको इस्टर्न एजेन्सी प्रालि बीच फाइनान्स सम्झौता भएको छ ।

सम्झौतामा हिमालयन बैंक लिमिटेडका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्र विक्रम शाह तथा इस्टर्न एजेन्सीको तर्फबाट प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरे।

आयसर ब्रान्डका सवारी साधन खरिद गरी स्वरोजगार बन्न चाहने ब्यक्तिहरुलाई लक्षित गरी यो सम्झौता भएको बतास अर्गनाइजेसनका प्रबन्ध सञ्चालक शान्तराज बतासले जानकारी दिए। उनकाअनुसार अधिकतम ५ वर्ष सम्मका लागि मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी बैकका नेपालअधिराज्य भरी रहेका शाखाहरुबाट यो सुविधा प्राप्त हुनेछ ।

इस्टर्न एजेन्सी प्रालि आयसर ब्रान्डका विभिन्न सवारी साधनहरु विक्री गर्ने नेपालको आधिकारिक विक्रेता हो । आयसर ब्रान्डका सवारी साधन खरिद गर्न नेपालको पुर्वमा विर्तामोड देखि पश्चिममा धनगढी सम्म २० भन्दा बढि शाखा तथा आधिकारिक विक्रेताहरु रहेका छन् ।

ग्राहकहरुले इस्टर्न एजेन्सीको जुनसुकै शाखाहरुबाट सवारी साधन खरिद गर्दा पनि यो सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ। हाल नेपालमा आयसर ब्रान्डका करिव २० हजार सवारी साधनहरु गुडिरहेका छन् भने सवारी साधनमा लाग्ने पार्ट्सका लागि २ सय भन्दा बढी पार्ट्स विक्रेताहरु रहेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...