नाडा अटो शोमा ‘एचपी लुब्रिकेन्ट्स’ का दुई नयाँ उत्पादन सार्वजनिक
काठमाडौं — नाडा अटो शो २०२६ को शीर्षक प्रायोजकसमेत रहेको एमएडब्लू पेट्रो...
काठमाडौं–हेटौडा अटोमोबाइल्स एसोसिएसनका पदाधिकारी तथा सम्पूर्ण कार्यसमिती सदस्यले यूनाईटेड लुब्रिकेन्ट्सको प्लान्ट भिजिट गरेका छन् । एसोसिएसनका अध्यक्ष ऋषिकुमार ढकालको नेतृत्वमा गएका २० जना प्रतिनिधी मण्डलले फागनु १६ गते धनुषा ढल्केवरस्थित उक्त प्लान्ट भिजिट गरेका हु्न् ।
प्लान्ट भिजिटका क्रममा एसोसिएसनका पदाधिकारीले यूनाईटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजमार्फत उत्पादन हुने लुब्रिकेन्ट्सको गुणस्तरबारे जानकारी लिए । सोही कार्यक्रमको अवसरमा लुब्रिकेन्ट्स उत्पादनको प्रक्रिया, गुणस्तरको चेकजाँच, एपिआई सर्टिफिकेसन र प्रोडक्ट रेन्जका बारेमा अन्तरक्रिया समेत सम्पन्न गरिएको कम्पनीका बिजनेस हेड दिनेश खनालले जानकारी गराए ।
यूनाईटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजले अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल, नेपाल गोल्ड तथा दिब्योल लुब्रिकेन्ट्स उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ । कम्पनीले भिडोल इन्टरनेसनलसँग टेक्नोलोजी ट्रान्सफर गरी यसको ट्रेडमार्क प्रयोग गरेर लुब्रिकेन्ट उत्पादन गर्दै आएको हो ।
लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय प्रयोग गरिएका कारण यस उद्योगबाट उत्पादित लुब्रिकेन्ट्सको माग बजारमा बढ्दै गएको कम्पनी भनाई छ।
अटोमोबाइल पाट्र्सको व्यवसाय गर्दै आएको अग्रणी कम्पनी सत्यदीप ग्रुपको अगुवाईमा युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजको स्थापना भएको हो । भिडोल नेपालमै उत्पादन हुने गल्फ पछिको दोस्रो बहुराष्ट्रिय ब्रान्ड समेत हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...