ईभी फ्लीटको ठूलो हिस्सा बेचेर पेट्रोलियम कारमा फर्किने हर्ट्जको घोषणा

विश्व प्रख्यात कार रेन्टल कम्पनी हर्ट्जले आफ्नो ईभी फ्लीटको एक तिहाई हिस्सा बिक्री गर्ने घोषणा गरेको छ । ईभीको बिक्रीबाट आउने उक्त रकमलाई उसले पेट्रोलियम अर्थात ईन्टरनल कम्वसन ईन्जिन(आईसीई) कारको खरिदमा लगानी गर्ने बताएको छ । हर्ट्जको ईभी फ्लीटमा धेरैजसो टेस्ला मोडेलहरू समावेश छन् ।

ईभीको माग कम हुँदै जानु र अपेक्षित भन्दा उच्च मर्मत लागत आएपछि यस्तो निर्णय लिइएको कम्पनीले जनाएको छ । कम्पनीले पहिल्यैदेखी आफ्नो ईभी फ्लीटहरू बेच्न थालिसकेको र २०२४ सम्म जारी रहने बताईएको छ ।

कम्पनीका अनुसार बिक्रीमा रहेका इलेक्ट्रिक कारहरूलाई ठूलो छुटका साथ प्रस्ताव गरिएको छ । आफ्नो यो निर्णयले आगामी वर्षमा हुने घाटालाई पूर्ति गर्न समेत सहयोग गर्ने उसको भनाई छ ।

हटर््जले सुरुमा २०२२ को अन्त्यसम्म १ लाख टेस्ला खरिद गर्ने योजना घोषणा गरेको थियो । उक्त घोषणका बावजुत कम्पनीले अक्टोबर २०२३ सम्म जम्मा ३५ हजार युनिट मात्र टेस्ला किनेको थियो ।

यसैगरी जीएमबाट १ लाख ७५ हजार र पोलेस्टारबाट ६५ हजार यूनिट ईभी खरिद गर्ने घोषणा गरेकोमा ती कारको खरिद समेत रद्ध हुनसक्ने आँकलन गरिएको छ ।

सम्बन्धित समाचारहरू

स्टेलान्टिस र डोङफेङले युरोपेली बजारका लागि बनाए ईभी ज्वाइन्ट भेन्चर

स्टेलान्टिस र डोङफेङले युरोपेली बजारका लागि बनाए ईभी ज्वाइन्ट भेन्चर

अटोमोबाइल समूह स्टेलान्टिस र चिनियाँ अटो निर्माता कम्पनी डोङफेङ मोटरले...

केरुङ आइपुग्यो ‘फरथिङ फ्राइडे’ ईभी, मूल्य कति ?

केरुङ आइपुग्यो ‘फरथिङ फ्राइडे’ ईभी, मूल्य कति ?

काठमाडौं–नेपाली बजारमा अबको केही दिन पछि अर्को नयाँ विद्यूतीय एसयूभी लन्च...

एमएडब्लु वृद्धिले पायो चांगानबाट प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’

एमएडब्लु वृद्धिले पायो चांगानबाट प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’

काठमाडौं – नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...