हिरोको इलेक्ट्रिक स्कुटरद्वारा २४ घण्टामा १७८० किमी पार गरी नयाँ रेकर्ड कायम
हिरो मोटोकर्पको इलेक्ट्रिक स्कुटर भिडा भी१ प्रोले २४ घण्टामा १७८०...
हिरो मेटोकर्पले भारतीय बजारमा हिरो एक्सट्रिम १६०आर टुभीको अपडेटेड संस्करण लन्च गरेको छ । कम्पनीले यो भन्दा अघि हिरो एक्सट्रिम १६०आर फोरभी मोडल लन्च गरेको थियो ।
अपडेटपछि कम्पनीले सो बाइकको मूल्य १ लाख ११ हजार भारु राखेको छ । अब सो बाइकमा ड्र्याग रेस टाइमर, सिंगल च्यानल एबीएस, टेल लाइट र एक्सट्रिम १६०आर फोरभी जस्ता सिंगल पीस सिट फिचर उपलब्ध छ । सो बाइकले बजाज पल्सर एन१५० र यामाहा एफजेड रेन्जका बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।
हिरो एक्सट्रिम १६०आर टुभी कालो रङगको सिङगल भेरिएन्टमा मात्र उपलब्ध छ । हिरोले अब स्प्लिट सिट हटाएर आरामदायी सवारीका लागि सिंगल-पीस सिट राखेको छ। यसको अगाडि एलईडी हेडलाइट र डेटाइम रनिङ लाइट उपलब्ध छ । कम्पनीले नयाँ एक्सट्रिम १६०आर टुभीमा नयाँ रियर प्यानल र नयाँ टेललाइट डिजाइनको साथ नयाँ टेल सेक्शन दिएको छ ।
टेललाइटमा इमरजेन्सी स्टप संकेत पनि उपलब्ध छ । बाइकमा इन्स्ट्रयुमेन्ट कन्सोलमा ड्र्याग टाइमर पनि दिइएको छ, जसमार्फत बाइकको गति नाप्न सकिन्छ। ब्रेकिङको लागि बाइकको अगाडि सिंगल च्यानल एबीएस र पछाडि ड्रम ब्रेकको साथ डिस्क ब्रेक उपलब्ध छ । बाइकमा १७ इन्च अलोय ह्विल समावेश छ जसमा अगाडि १००/८० ट्युबलेस टायर र पछाडि १३०/७० ट्युबलेस टायर छ । सिटको उचाइ ७९५ एमएम र तौल १२ लिटरको ट्याङ्कीको साथ १४५ किलो छ ।
बाइकको इन्जिनमा कुनै परिवर्तन गरिएको छैन । यसमा १६३.२ सीसी सिंगल-सिलिन्डर आयल-कूल्ड इन्जिन छ, जसले ८५०० मा १५ एचपी पावर र ६५०० आरपीएममा १४ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड गियरबक्ससँग ट्युन गरिएको छ । बाइक ओबीडी २ अनुरूप छ र ई२० पेट्रोल (२० प्रतिशत इथेनोल मिक्स पेट्रोल) मा चल्न सक्षम छ ।
हिरो मोटोकर्पको इलेक्ट्रिक स्कुटर भिडा भी१ प्रोले २४ घण्टामा १७८०...
प्रिमियम लाइफस्टाइल बाइकको बजारमा एकछत्र राज गरिरहेको रोयल इन्फिल्डलाई...
भारतको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरोले पहिलोपटक बेलायतमा आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...