एड्भेन्चर सेग्मेन्टमा लोकप्रिय बन्दै हिरो एक्सपल्स २००, बढ्यो १४१ प्रतिशतले बजार

इन्ट्रि लेभलको एड्भेन्चर टुरिङ मोटरसाइकल हिरो एक्सपल्स अहिले यो सेग्मेन्टमै सर्बाधिक लोकप्रिय बनिरहेको छ । नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको यो मोटरसाइकलको बजार भारतिय बजारमा तिब्र गतीमा बिस्तार भैरहेको छ । अघिल्लो बर्षको सेप्टेम्बर महिनामा भारतीय बजारमा जम्मा १ हजार ३ सय ९८ युनिट बिक्री भएको यो बाइक यसै बर्षको सोही महिनामा भने ३ हजार ३ सय ७५ युनिट बिक्री भएको छ । जुन १४१ प्रतिशतले बढी हो ।

नेपाली बजारमा ४ लाख २ हजार रुपैयाँ पर्ने यसको मूल्य भारतमा भने जम्मा १ लाख २३ हजार भारतीय रुपैयाँ कायम गरिएको छ । यो मूल्य रेन्जमा अन्य ब्रान्डसंग एड्भेन्चर बाइक उपलब्ध नभएका कारण पनि एक्सपल्सलाई बजार लिन सजिलो भएको हो । सस्तो मुल्यमा फिचर्स लोडेड र उच्चतम पावर तथा पर्फमेन्सयुक्त बिशेषताका कारण यो बाइकलाई सेग्मेन्टमै सर्बाधिक भ्यालु फर मनी प्रोडक्टका रुपमा लिने गरिएको छ ।

२ सय सीसी क्षमताको एयर कुल्ड, फोर स्ट्रोक, २ भल्भ र सिंगल सिलिन्डर इन्जिन जडान गरिएको यसको अधिकतम पावर १८.४ पिएस र टर्क १७.१ एनएम रहेको छ । ट्युब्लर डायमन्ड फ्रेममा उत्पादन गरिएको यसको अगाडी टेलिस्कोपिक फर्क र पछाडी एड्जस्ट गर्न मिल्ने मोनोसक सस्पेनसन उपलब्ध गरिएको छ । डुअल डिस्क ब्रेक जडान गरिएको एक्सपल्सलाई थप सुरक्षित बनाउन सिंगल च्यानल एबिएस दिइएको छ । एलसिडी इन्स्ट्रुमेन्ट प्यानल दिइएको यो बाइकमा जडान गरिएको लाइटहरु पूर्णत एलइडी हो । यो बाइकमा स्मार्ट फोन इनेबल्ड नेभिगेसन समेत दिइएको छ ।

हिरो मोटर्सले भारतमा हालसालै यसको ४भी भर्सन समेत सार्बजनिक गरिसकेको छ । यसअघि उपलब्ध २भीको तुलनमा थप पवार र पर्फमेन्स सहित लन्च गरिएको यो बाइकले समेत अहिले निकै राम्रो चर्चा बटुलिरहेको छ । भारतीय बजारमा यसको मूल्य १ लाख २८ हजार भारतीय रुपैयाँ तोकिएको छ । निकट भबिष्यमै नेपाल भित्रिन सक्ने यो नयाँ मोटरसाइकलको मूल्य नेपाली बजारमा ४ लाख १५ हजार हाराहारी पर्ने अनुमान गरिएको छ ।

भारतीय बजारमा जस्तै एक्सपल्सले नेपाली राइडरमाझ समेत निकै राम्रो प्रभाव पार्दै लगेको छ । नेपालमा हिरोको खस्किंदो बजारलाई गति दिन एक्सपल्स २०० ले अहम भुमिका निर्बाह गरेको आधिकारिक बितरक नेपाल जनरल मार्केटिङ प्रालिले बताउने गरेको छ ।

सम्बन्धित समाचारहरू

हीरोले सार्बजनिक गर्यो प्लेजर एक्सटेक प्लसको टिजर

हीरोले सार्बजनिक गर्यो प्लेजर एक्सटेक प्लसको टिजर

हिरो मोटोकर्पले निकट भबिष्यमा सार्बजनिक गर्न लागेको नयाँ स्कुटर प्लेजर...

अब हिरो एक्सपल्सको मूल्य ३ लाख ९९ हजार, यस्तो छ हिरोको मूल्य सूची

अब हिरो एक्सपल्सको मूल्य ३ लाख ९९ हजार, यस्तो छ हिरोको मूल्य सूची

काठमाडौं – नेपालमा हिरोका विभिन्न बाइक र स्कुटरको मूल्य गत अप्रिल १ देखि नै...

फेरि बजारमा आउँदै छन् कुनै समयमा लोकप्रिय यी ३ बाइक

फेरि बजारमा आउँदै छन् कुनै समयमा लोकप्रिय यी ३ बाइक

धेरै कम्पनीहरुले कुनै समयमा चर्चित उत्पादन बन्द गर्ने गर्छन् । विश्व...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...