सीजीले बढायो हिरो मोटरसाइकल र स्कुटरको मूल्य, यस्तो छ नयाँ मूल्य सूची
काठमाडौं – नेपाली बजारमा हिरोका मोटरसाइकल र स्कुटर बिक्री–वितरण गरिरहेको...
हिरो मोटोकर्पले निकट भबिष्यमा सार्बजनिक गर्न लागेको नयाँ स्कुटर प्लेजर एक्सटेक प्लसको टिजर भिडियो सार्बजनिक गरेको छ । उक्त स्कुटर २०२२ को पहिलो त्रैमासभित्र सार्बजनिक गर्ने बुझिएको छ । यसअघिको प्लेजरलाई अपग्रेड गरी नयाँ स्कुटर ल्याउन लागिएको हो । यो स्कुटरमा एलइडी लाइट र ब्लुतुथ कनेक्टिभिटी प्रमुख बिशेषता रहने हिरोले जनाएको छ ।
सार्बजनिक गरिएको उक्त भिडियोमा नयाँ स्कुटरलाई ग्लसी पहेंलो कलरमा समेत देखाइएको छ । यो स्कुटरको ह्विल बेश १२३८ एमएम र ग्राउन्ड क्लिरियन्स १५५ एमएम रहने बताइएको छ । १०६ किलोग्राम तौल भएको यो स्कुटरमा ४.८ लिटर क्षमताको फ्युल ट्यांक दिइएको छ । ११० सिसी क्षमताको इन्जिन जडान गरिने यो स्कुटरमा फ्युल इन्जेक्सन प्रबिधी समेत थप गरिएको छ । यसको अधिकतम पावर ८ बिएपची र टर्क ८.७० एनएम रहनेछ । यो स्कुटरको मूल्य भारतीय बजारमा ६३ देखी ६८ हजार रुपैयाँको बिचमा कायम गरिने अनुमान गरिएको छ ।
भारतमा सार्बजनिक गरिए लगत्तै यो नयाँ स्कुटर नेपाली बजारमा समेत भित्रिनेछ । नेपाली स्कुटर पारखीमाझ यसअघिको प्लेजरले निकै राम्रो प्रभाव पारेका कारण नयाँ मोडल समेत लोकप्रिय बन्ने अनुमान लगाउन सकिन्छ । यद्यपी नेपालको स्कुटर बजारमा पछिल्लो समय १२५ सिसी क्षमताका स्कुटरले राम्रो प्रभाव पारेका कारण नयाँ प्लेजरको बजार कस्तो रहला भनेर यसै भन्न सकिने अबस्था भने देखिदैन ।
काठमाडौं – नेपाली बजारमा हिरोका मोटरसाइकल र स्कुटर बिक्री–वितरण गरिरहेको...
काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता सीजी...
हिरो मोटोकर्पले मोटरसाइकल र स्कुटरको मूल्य बृद्धि गर्ने भएको छ । उत्पादन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...