हिरो मोटोकर्पले भिडा ब्रान्डमा नयाँ इलेक्ट्रिक सवारी ल्याउने
हिरोले केही महिना अघि पहिलो इलेक्ट्रिक सवारी साधन आगामी मार्च २०२२ सम्ममा...
हिरोको सर्बाधिक लोकप्रिय एड्भेन्चर मोटरसाइकल एक्सपल्स २०० फोरभी नेपाल भित्रिने अन्तिम तयारीमा रहेको छ । आधिकारिक बितरक नेपाल जनरल मार्केटिङ स्रोतका अनुसार अंग्रेजी नयाँ बर्ष २०२२ को जनवरी अन्तिमसम्म यो बाइक नेपाल भित्रिसक्ने छ ।
नेपाली बजारमा हिरो एक्सपल्स २०० निकै नै रुचाइएको मोटरसाइकल हो । नयाँ एक्सपल्स २०० फोरभी थप पावरफुल इन्जिन सहित आउनेछ ।
नयाँ एक्सपल्स २०० ४भीले १८.८ पावर र १७.३५ एनएम टर्क जेनेरेट गर्छ, जुन हाल प्रचलित एक्सपल्स भन्दा बढी हो । हालको स्ट्यान्डर्ड एक्सपल्स २०० ले १७.८ बीएचपी पावर र १६.४५ एनएम टर्क जेनेरेट गर्छ ।
इन्ट्री लेवलको सो एड्भेन्चर मोटरसाइकललाई पावरफुल बनाउनका लागि अन्य धेरै अपडेट समेत गरिएको छ । यसमा अपडेटेड ७ फिन आयल कुलर र सुधारिएको ट्रान्समिसन प्रयोग गरिएको छ । त्यसैगरी एलईडी हेडल्याम्प समेत दिइएको छ ।
यो नयाँ मोटरसाइकलमा ब्लुटुथ सपोर्ट र टर्न बाई टर्न नेभिगेसन सहितको फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर इन्डिकेटर, सिंगल च्यानल एबीएस, लङ ट्राभल सस्पेन्सन, ड्युअल परपोज टायर आदि उपलब्ध छ ।
भारतीय बजारमा यो बाइकको मूल्य १ लाख २८ हजार भारु तोकिएको छ, जुन हाल प्रचलित स्ट्यान्डर्ड एक्सपल्स २०० भन्दा ५ हजार भारु बढी हो । हाल उपलब्ध एक्सपल्स २०० को मूल्य नेपालमा ४ लाख २ हजार रुपैयाँ छ । एक्सपल्स ४भीको मूल्य ४ लाख १० हजार भन्दा बढी नै पर्ने अनुमान गर्न सकिन्छ ।
हिरोले केही महिना अघि पहिलो इलेक्ट्रिक सवारी साधन आगामी मार्च २०२२ सम्ममा...
काठमाडौं – हिरो मोटोकर्पले १०० मिलियन अर्थात १० करोड युनिट मोटरसाइकल र...
हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...