नाडा अटो शोमा लन्च हुँदै हिरो एक्सपल्स २१०, एक्सपल्स २०० भन्दा के छ भिन्न ?

नेपाली युवा राइडरमाझ निकै चर्चा कमाएको हिरो एक्सपल्स अब झनै शक्तिशाली इन्जिनमा आउने भएको छ । भदौ ३ देखी सुरु हुने नाडा अटो शोमा एक्सपल्सको नयाँ भेरिएन्ट २१० लन्च हुने भएको हो ।

हालको एक्सपल्स २०० भन्दा बढि एड्भेन्चर फिल हुनेगरी यसको डिजाइन गरिएको छ । साथै, ईन्जिन समेत केही ठूलो भएका कारण यसले दिने पावर र पर्फमेन्स समेत उच्च रहेको छ । एक्सपल्स २१० को सिट हाइट समेत केही अग्लो छ भने तौल १० केजी बढि छ । इन्जिन ठूलो भएका कारण यसले दिने माइलेजमा भने केही कमी हुनेछ ।

एक्सपल्स २०० फोरभी
एक्सपल्स २०० फोरभीमा १९९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, बीएस ६ इन्जिन जडान गरिएको छ । यस इन्जिनले अधिकतम १९.१ बिएचपी पावर तथा १७.३५ एनएमको टर्क जेनेरेट गर्छ । ईन्जिनलाई ५ स्पिड गियरवक्ससंग जोडिएको छ ।

मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा एडजस्टेवल मोनोसक सस्पेन्सन छ । बाइकको दुबै चक्कामा ट्युवलेस टायर र डवल डिस्क ब्रेक छ । हिरो एक्सपल्स २०० मा सिंगल च्यानल एबीएस मात्रै छ ।

सम्पूर्ण लाईट एलइडी राखिएको यस मोटरसाइकलमा प्रोजेक्टर हेडल्याम्प र टेलल्याम्प पाउन सकिन्छ । डिजिटल इन्ट्रुमेन्ट कन्सोल, कनेक्टिभिटी सिस्टम, टर्न वाइ टर्न नेभिगेसन सिस्टम, गियर रेसियो, यूएसबी पोर्ट, आल्मुनियम ब्लस प्लेट, तीन फरक एबीएस मोड र स्पोक ह्वील दिइएको छ ।

एक्सपल्स २१०
एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २४.६ बीएचपी पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ । एक्सपल्स २१० मा नयाँ डिजाइनको फ्युल ट्यांकि दिइएको छ भने मोटरसाइकलको फ्रन्टमा फुल्ली एड्जस्टेबल यूएसडी फर्क तथा रियरमा ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।

यस मोटरसाइकलमा स्वीचएबल डुअल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्ड स्क्रीन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।

सम्बन्धित समाचारहरू

हिरोका मोटरसाइकल र स्कुटरको भयो मूल्य वृद्धि, यस्तो छ नयाँ मूल्य सूची

हिरोका मोटरसाइकल र स्कुटरको भयो मूल्य वृद्धि, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा उपलब्ध हिरो ब्रान्डका मोटरसाइकल र स्कुटरको मूल्य...

एक्सपल्स २०० फोरभी सहित हिरो ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज स्कुटर नेपाली बजारमा

एक्सपल्स २०० फोरभी सहित हिरो ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज स्कुटर नेपाली बजारमा

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक नेपाल जनरल मार्केटिङ...

कोभिडको प्रभावः हिरोले भारतमा ६ प्लान्ट १ मेसम्म बन्द गर्ने

कोभिडको प्रभावः हिरोले भारतमा ६ प्लान्ट १ मेसम्म बन्द गर्ने

कोरोना भाइरसको दोस्रो लहरको प्रभाव अटो उद्योगमा देखिन थालेको छ । भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...