एक्सपल्स २०० फोरभी सहित हिरो ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज स्कुटर नेपाली बजारमा

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक नेपाल जनरल मार्केटिङ प्रालिले आज एक्सपल्स २०० फोरी भी सहित अर्को एउटा नयाँ भर्सनको मोटरसाइकल र १२५ सिसी क्षमताको नयाँ स्कुटर लन्च गरेको छ । भक्तपुरको सल्लाघारीमा एक कार्यक्रमको आयोजना गरी एक्सपल्स २०० फोरी भी सहित ग्ल्यामरको नयाँ भर्सन ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज१२५ स्कुटरलाई एकसाथ सार्बजनिक गरिएको हो । यी सबै मोडल बिएस ६ संस्करणका हुन् ।

जसमध्ये एक्सपल्स २०० फोरभीको मूल्य ४ लाख ५० हजार, ग्ल्यामर एक्सटेकको २ लाख ७६ हजार र मेस्ट्रो एज स्कुटरको २ लाख ६६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नयाँ बाइक लन्च भएसंगै कम्पनीले ४ दिने मेगा इभेन्टको आयोजना गर्ने समेत बताएको छ । जसअन्तर्गत भोली र पर्सी भक्तपुरको सल्लाघारीमा एक्सचेन्ज क्याम्प र सोही मितीमा लोमान्थाङ ट्रेलमा पहिलोपटक आफ्नो फ्ल्यागसिप एक्सट्रयाक्स कार्यक्रम आयोजना हुनेछन् । बिएस ६ संस्करणमा उपलब्ध फिचर्स, प्रबिधी र बिशेषताका बारेमा राइडरलाई जानकारी दिन उक्त कार्यक्रम फलदायी हुने कम्पनीले विश्वास लिएको छ ।

एक्सपल्स २०० फोरभी
लन्च हुनु केही समय पहिले नै नेपाल भित्रिएको इन्ट्रि लेभलको एड्भेन्चर वाइक एक्सपल्समा २०० सिसी क्षमताको बिएस६ आयल कुल्ड इन्जिन जडान गरिएको छ । यो मोटरसाइकलको अधिकतम पवार १९.१ पिएस र टर्क १७.३५ एनएम रहेको छ । यो मोटरसाइकलमा हिरो मोटोकर्पले सेग्मेन्टकै उत्कृष्ट कुलिङ सिस्टम उपलब्ध गराएको दाबी गरेको छ ।

साथै यो मोटरसाइकलमा एलइडी हेडलाइट, स्मार्ट फोन कनेक्टिभिटी र कल अलर्ट, टर्न वाई टर्न नेभिगेसन, गियर इन्डिकेटर, इको मोड, डवल ट्रिप मिटर, सिंगल च्यानल एबिएस जस्ता सेग्मेन्ट फस्र्ट फिचर्स दिइएको छ ।

एड्भेन्च टुरका लागी सहज होस भनेर अगाडी १९० एमएम र पछाडी १७० एमएमको लामो सस्पेन्सन दिइएको छ । जसलाई राइडरले आफ्नो आबश्यकता अनुरुप १० तरिकाले एड्जस्ट गर्न सक्नेछन् । साथै अगाडी २१ इन्च र पछाडी १८ इन्चको स्पोक ह्विल, सुधार गरिएको सिट, विन्डसिल्ड, युएसवी चार्जर र ¥याली किट उपलब्ध गराइएको छ । अफरोडमा यात्रा गर्ने क्रममा यसको इन्जिनलाई ठोक्किनबाट जोगाउँन आल्मुनियम स्किड प्लेट समेत राखिएको छ । यो मोटरसाइकलको ग्राउन्ड क्लिरियन्स २२० एमएम रहेको छ ।

ग्ल्यामर एक्सटेक
नेपाली बजारमा यसअघि नै उपलब्ध ग्ल्यामरको एक्सटेक भर्सनमा एफआई प्रबिधीसहितको १२५ सिसी बिएस६ इन्जिन जडान गरिएको छ । यो मोटरसाइकलले पुरानो मोडलको तुलनामा ७ प्रतिशतसम्म इन्धन बचत गर्ने दाबी गरिएको छ । यो मोटरसाइकमा जडित इन्जिनको अधिकतम पावर १०.७ बिएचपी र टर्क १०.६ एनएम रहेको छ । आई थ्री एस भनिने आइडल, स्टार्ट–स्टप प्रबिधी समेत उपलब्ध यसमा अटो सेल टेक्नोलोजी समेत दिइएको छ ।

यो मोटरसाइकलमा इन्टिग्रेटेड यूएसबी चार्र्जिङ, कल र एसएमस अलर्ट सहितको ब्लुटुथ कनेक्टिभिटी, टर्न वाई टर्न नेभिगेसन, साइड स्ट्यान्ड भिजुअल इन्डिकेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ, ५ स्टेप एड्जस्टेवल हाइड्रोलिक शक अब्जर्वर सस्पेन्सन, अगाडी चक्कामा २४० एमएममको डिस्क ब्रेक, फराकिलो टायर, १८० एमएमको ग्राउन्ड क्लिरियन्स जस्ता फिचर्स उपलब्ध गराइएको छ ।

मेस्ट्रो एज १२५
यसअघि ११० सिसी क्षमतामा उपलब्ध यो स्कुटरलाई १२५ सिसी क्षमताको इन्जिन सहित अन्य थुप्रै फिचर्समा अपग्रेड गरी बजारमा ल्याइएको छ । यो नयाँ स्कुटरमा बिएस६ संस्करणको एक्ससेन्स टेक्नोलोजी सहित १२४.६ सिसी क्षमताको इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ९ बिएपची र टर्क १०.४ एनएम रहेको छ ।

यो स्कुटरमा प्रोजेक्टर हेडल्याम्पलाई सेग्मेन्टमै पहिलो फिचर्सका रुपमा उपलब्ध गराइएको छ । ब्लुटुथ कनेक्टिभिटी सहितको पूर्ण डिजिटल स्पिडोमिटर, टर्न वाई टर्न नेभिगेसन, मिक कल अलर्ट, रियल–टाइम माइलेज इन्डिकेसन, इको इन्डिकेटर र लो फ्याुल इन्डिकेटर जस्ता फिचर्स सामेल गराइएको छ ।

सम्बन्धित समाचारहरू

हिरोको ४४० सीसी बाइकको नाम माभ्रिक हुने, हार्ले डेभिडसन एक्स४४० मा आधारित हुने

हिरोको ४४० सीसी बाइकको नाम माभ्रिक हुने, हार्ले डेभिडसन एक्स४४० मा आधारित हुने

हिरो मोटोकर्पको बहुप्रतीक्षित ४४० सीसीको बाइक ल्याउने भएको छ र यसको नाम...

हिरो सुपर स्प्लेन्डर १२५ नाडा अटो शोमा

हिरो सुपर स्प्लेन्डर १२५ नाडा अटो शोमा

काठमाडौं – नेपाली बजारमा हिरोको सुपर स्प्लेन्डर १२५ मोटरसाइकलको बिक्री...

हिरोले ल्यायो कार्बन फाइबरबाट बनेको बाइक, सय युनिट मात्रै बनाइने

हिरोले ल्यायो कार्बन फाइबरबाट बनेको बाइक, सय युनिट मात्रै बनाइने

हिरो मोटरकर्पले माभरिक र एक्सट्रिम १२५आर पछि अब नयाँ बाइक सीई००१ समेत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...