हिरोको ब्रान्ड एम्बेसडरमा दयाहाङ, सुरक्षा र सुशान्त
काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले...
काठमाडौ – हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नयाँ एड्भेन्चर बाइक हिरो एक्सपल्स २१० आगामी शनिबार देखि औपचारिक रुपमा नेपालमा लन्च भएको घोषणा गर्ने भएको छ । यो भन्दा पहिले यसको बुकिङ समेत सुरु भएको छ । आगामी शनिबार भक्तपुरको सल्लाघारीस्थित रेसट्रयाकमा सो बाइक गुडाउन पाइने र यसका लागि रजिष्ट्रेसन समेत खुला गरिएको छ ।
सीजी मोटर्सले हिरो एक्सपल्स २१० को मूल्य ६ लाख रुपैयाँ तोकेको छ । गत वर्षको भदौमा सम्पन्न नाडा अटो शो २०२५ मा यो बाइक प्रदर्शन गरिएको थियो । अहिले भने यो बाइक बिक्रीकै लागि उपलब्ध हुने भएको छ ।
नेपाली बजारमा पहिले देखि नै हिरो एक्सपल्स २०० ले उल्लेखनिय सफलता पाएको सन्दर्भमा नयाँ बाइक त्यो भन्दा पनि अझै एड्भेन्चर फिल हुने गरी डिजाइन गरिएको छ । यसका साथै यसको इन्जिन समेत केही ठूलो भएका कारण यसले दिने पावर र पर्फमेन्स समेत उच्च रहेको छ । एक्सपल्स २१० को सिट हाइट समेत केही अग्लो छ भने तौल १० केजी बढी छ ।
एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २४.६ बीएचपी पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स दिइएको छ । एक्सपल्स २१० मा नयाँ डिजाइनको फ्युल ट्यांकी दिइएको छ भने मोटरसाइकलको फ्रन्टमा फुल्ली एड्जस्टेबल यूएसडी फोर्क तथा रियरमा ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।
यस मोटरसाइकलमा स्विचेबल डुअल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाई टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्डस्क्रिन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।
यो बाइकले सीएफमोटो २५० डुअल, मोर्बिडेली २५० एक्स एड्भेन्चर लगायतका बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले...
काठमाडौं–नेपाली युवा राइडरमाझ निकै चर्चा कमाएको हिरो एक्सपल्स अब झनै...
काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले बडा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...