हिरो एक्सपल्स २०० र एक्स्ट्रिम १६० आरको मूल्य ३ हजार रुपैयाँले बढ्यो

काठमाडौं – हिरोको नेपाली बजारमा रहेको लोकप्रिय एड्भेन्चर मोटरसाइकल एक्सपल्स २०० को मूल्य ३ हजार रुपैयाँले बढेको छ । यस अनुसार अब यो मोटरसाइकलको मूल्य ४ लाख २ हजार रुपैयाँ पुगेको छ । यो भन्दा पहिले यसको मूल्य ३ लाख ९९ हजार रुपैयाँ थियो ।

हिरोको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले हालै सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार एक्स्ट्रिम १६०आर को मूल्यमा समेत ३ हजार रुपैयाँले वृद्धि भई ३ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

२ सय सीसीको इन्जिन जडान रहेको हिरो एक्सपल्स २०० मा २२० एमएम ग्राउण्ड क्लियरेन्स र सिट हाइट ८२३ मिलिमिटर छ । उक्त इन्जिनले १८.४ बीएचपी पावर र १७.१ एनएम टर्क दिन्छ ।

बाइकमा राइडरको सुरक्षाका लागि विशेष ध्यान दिइएको छ । यसको सिटमा ननस्लिपर टेक्स्टायल प्रयोग गरिएको कारण चालकलाई चिप्लन दिदैन । ५ स्पिड ट्रान्समिसन, एलईडी हेडल्याम्प, फूल डिजिटल जीपीएस नेभिगेसन सहितको डिस्प्ले, ठूलो सिट र रबर प्याडहरुको साथ सामान राख्ने प्लट यसमा रहेका छन् । सिटको मुनि मोबाइल चार्जिङको व्यवस्था पनि छ ।

हिरो एक्स्ट्रिम १६० आर बाइक यो सेगमेन्टकै सबैभन्दा तीव्र गतिमा चल्ने मोटरसाइकल भएको दावी गरिएको छ । सिंगल च्यानल एबीएसका साथ डबल डिस्क मोडलमा उपलब्ध नयाँ एक्स्ट्रिम १६० आरमा १६० सीसी एयर कुल्ड बीएस६ मापदण्डको इन्जिनको साथ आउँछ, जुन एक्ससेन्स प्रविधि र उन्नत प्रोग्राम्ड–फ्युल–इन्जेक्सनद्वारा सञ्चालित छ । यो इन्जिनले १५ बीएचपी २ ८५०० आरपीएमको प्रभावशाली पावर आउटपुट प्रदान गर्दछ । तीव्र गतिका वर्गमा ‘द्रूत लेन’मा समावेश हुँदै यसले ४.७ सेकेन्डमा ०–६० किमीरप्रतिघण्टाको गति प्रदान गर्छ ।

३७ एमएम टेलिस्कोपिक फ्रन्ट फोर्क्स र सात तहको समायोजनयोग्य रियर मोनो–सक सस्पेन्सन सेटअप सहरी चुस्ती÷स्फूर्तिका लागि तयार गरिएको छ, जसले सटिक ह्यान्डलिङ र एक सुस्पष्ट सवारी प्रदान गर्दछ । २७६ एमएम फ्रन्ट पेटल डिस्क र २२० एमएम पछाडिको पेटल डिस्क ब्रेकले सवारी चालक सधैं पूर्ण नियन्त्रणमा हुने र रोक्न सकिने शक्तिप्रति विश्वस्त हुन्छन् भन्ने सुनिश्चित तुल्याउँछ । १६५ एमएम ग्राउन्ड क्लियरेन्सले सवारी बाधामुक्त भएको सुनिश्चित गर्दछ ।

सम्बन्धित समाचारहरू

लन्च भयो हिरोको पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ : २ भेरिएन्ट, रेन्ज १६५ किमी

लन्च भयो हिरोको पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ : २ भेरिएन्ट, रेन्ज १६५ किमी

हिरो मोटोकर्पले पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ लन्च गरेको छ । भिडा भी१...

लन्च नहुँदै देखियो हिरो प्यासन एक्सप्रो

लन्च नहुँदै देखियो हिरो प्यासन एक्सप्रो

हिरोले तीन नयाँ मोडलका बाइक लन्च गर्ने तयारी गरिरहेको छ । ती मध्ये पछिल्लो...

हिरो एक्सट्रिम १२५आर, यस्ता छन् विभिन्न विशेषता

हिरो एक्सट्रिम १२५आर, यस्ता छन् विभिन्न विशेषता

हिरो मोटोकर्पले आफ्नो नयाँ उत्पादन एक्सट्रिम १२५आर बाइक भारतीय बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...