एक वर्षमा ४ हजार युनिट बिक्यो हिरो एक्सपल्स २०० नेपालमा, बढ्यो मूल्य

काठमाडौं – नेपाली बजारमा भित्रिएको एक वर्षको अवधिमा हिरो एक्सपल्स २०० बाइक ४ हजार युनिट बिक्री भएको छ । नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जेनरल मार्केटिङ प्रालिले नेपालमा भित्र्याए पछि यो निकै नै चर्चित समेत बनेको छ ।

यसै सन्दर्भमा हालै नेपाली बजारमा हिरो एक्सपल्स २०० को मूल्यमा समेत वृद्धि गरिएको छ । पहिले यसको मूल्य ३ लाख ८८ हजार रुपैयाँ भएकोमा यसको मूल्यमा ३ हजार ५ सय रुपैयाँ बढाइएको छ । अब हिरो एक्सपल्सको मूल्य ३ लाख ९१ हजार ५ सय रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा हिरोको खस्किदो शाखलाई एक्सपल्स २०० ले केही माथि उठाएको छ । नेपाली सडकमा आकर्षक र फरक लुकको हिरो एक्सपल्स २०० जताततै देखिन थालेका छन् ।

नेपाली बजारमा मात्र नभएर भारतमा समेत यो बाइकको निकै नै राम्रो बिक्री भइरहेको छ । यसले ‘इन्डियन बाइक अफ द इयर २०२०’ पुुरस्कार समेत पाएको थियो ।

२ सय सीसीको इन्जिन जडान रहेको बाइकमा २२० एमएम ग्राउण्ड क्लियरेन्स र सिट हाइट ८२३ मिलिमिटर छ । उक्त इन्जिनले १८.४ बीएचपी पावर र १७.१ एनएम टर्क दिन्छ ।

बाइकमा राइडरको सुरक्षाका लागि विशेष ध्यान दिइएको छ । यसको सिटमा ननस्लिपर टेक्स्टायल प्रयोग गरिएको कारण चालकलाई चिप्लन दिदैन । ५ स्पिड ट्रान्समिसन, एलईडी हेडल्याम्प, फूल डिजिटल जीपीएस नेभिगेसन सहितको डिस्प्ले, ठूलो सिट र रबर प्याडहरुको साथ सामान राख्ने प्लट यसमा रहेका छन् । सिटको मुनि मोबाइल चार्जिङको व्यवस्था पनि छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...