हिरो एक्सपल्स २०० फोरभीमा प्रोजेक्टर हेडल्याम्प अपडेट

हिरो मोटोकर्पले आफ्नो एड्भेन्चर बाइक एक्सपल्स २०० ४भी मा केही नयाँ अपडेट दिएको छ । टर्कीको बजारमा बिक्री हुने नयाँ एक्सपल्स २०० ४भीमा एलईडी प्रोजेक्टर हेडल्याम्प समावेश गरिएको छ । भारतीय मोडलमा कम्पनीले अहिलेसम्म प्रोजेक्टर हेडल्याम्प अपडेट गरेको छैन । अन्तर्राष्ट्रिय मोडल अपडेट गरेपछि भारतीय मोडलले पनि नयाँ अपडेट पाउने अपेक्षा गरिएको छ । नेपालमा पनि त्यसपछि आउने गरेको छ ।

कम्पनीले हेडलाइट मात्र अपडेट गरेको छ, यसबाहेक बाइकका अन्य सबै फिचर र प्रविधि भने यथावत नै रहेको छ । हिरो एक्सपल्स २०० ४भीमा एलईडी हेडलाइट, एलईडी टेललाइट, फुल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र ब्लुटुथ जस्ता फिचर उपलब्ध छ । कम्पनीले यसलाई डिसेम्बर २०२१ मा ४ भल्व इन्जिनसहित लन्च गरेको थियो ।

हिरो एक्सपल्स २०० ४भीमा १९९.६ सीसी आयलकुल्ड, ओएचसी४ भल्भ इन्जिन छ । सो इन्जिनले ८५०० आरपीएममा १९.१ बीएचपीको पावर र ६५०० आरपीएममा १७.३५ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ५ स्पिड गियरबक्सले सुसज्जित छ ।

सो इन्जिनले २ भल्व इन्जिनको तुलनामा ६ प्रतिशत बढी पावर उत्पन्न गर्छ । इन्जिनमा अहिले पहिलेको भन्दा राम्रो कुलिङ सिस्टम दिइएको छ, जसका कारण प्रदर्शनमा पनि सुधार आएको छ ।

सो बाइकको लम्बाई २२२२ एमएम, चौडाइ ८५० एमएम, उचाई १२५८ एमएम, ह्विलबेस १४१० एमएम र ग्राउन्ड क्लियरेन्स २२० एमएम छ । यसको सिट उचाइ ८२५ एमएम छ, जबकि कर्ब वजन १५८ किलो र १३ लिटर क्षमताको पेट्रोल ट्याङ्की दिइएको छ ।

हिरो एक्सपल्स २०० ४भीको फ्रन्टमा २७६ एमएम र रियरमा २२० एमएमको पेटल डिस्क ब्रेक छ । सुरक्षाका लागि यसमा सिंक्रोनस ब्रेक टेक्नोलोजी दिइएको छ । बाइकको फ्रन्टमा एन्टी–फ्रिक्सन बुशसहितको टेलिस्कोपिक फ्रन्ट फोर्क रहेको छ भने रियरमा आयताकार स्विङग्रामसहित मोनोसक सस्पेन्सन दिइएको छ ।

बाइकमा सुरक्षात्मक विन्डशिल्ड, उच्च गुणस्तरको सिट, यूएसबी चार्जर, बन्जी हुक र लगेज प्लेट जस्ता फिचर रहेको छ । सो बाइक ३ नयाँ रङ ट्रेल ब्लू, ब्लिट्ज ब्लू र रेड रेडमा उपलब्ध छ ।

नेपाली बजारमा पनि हिरो एक्सपल्स २०० ४भी केही दिन पहिले बिक्रीका लागि उपलब्ध भए पनि तुरुन्तै सोल्ड आउट भएको थियो । ४ लाख ५० हजार मूल्य तोकिएको यो मोटरसाइकल हाल बुकिङ मात्र गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

लन्च भयो हिरोको पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ : २ भेरिएन्ट, रेन्ज १६५ किमी

लन्च भयो हिरोको पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ : २ भेरिएन्ट, रेन्ज १६५ किमी

हिरो मोटोकर्पले पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ लन्च गरेको छ । भिडा भी१...

फेरि लन्च भयो नयाँ हिरो ग्ल्यामर, यस्तो छ मूल्य, माइलेज र फिचर

फेरि लन्च भयो नयाँ हिरो ग्ल्यामर, यस्तो छ मूल्य, माइलेज र फिचर

हिरो मोटोकर्पले भारतीय बजारमा अपडेट ग्ल्यामर बाइक ड्रम र डिस्क गरी २...

लन्च भयो फोर भल्वयुक्त हिरो एक्सपल्स २००, अझै पावरफुल र फिचर लोडेड

लन्च भयो फोर भल्वयुक्त हिरो एक्सपल्स २००, अझै पावरफुल र फिचर लोडेड

हिरो मोटोकर्पले भारतीय बजारमा पावरफुल एक्सपल्स २०० ४भी लन्च गरेको छ । यसको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...