शुरु भयो हिरो जुम ११० स्कुटरको डेलिभरी

हिरो मोटोकर्पले ३० जनवरीमा जुम ११० स्कुटर लन्च गरेको थियो । हाल यो स्कुटरको डेलिभरी सुरु भइसकेको छ ।

कम्पनीले यसमा एड्भान्स फिचर समावेश गरेको छ । यो विश्वको पहिलो कर्नरिङ ल्याम्प भएको स्कुटर हो । सो फिचर सामान्यतया प्रिमियम स्कुटरमा मात्र देख्न सकिन्छ । हिरो जुम ११० मा एच आकारको एलईडी डीआरएल, प्रोजेक्टर लेन्स एलईडी हेडल्याम्प देख्न सकिन्छ ।

सो स्कुटरमा ब्लुटुथ कनेक्टिभिटीको साथमा डिजिटल कन्सोल, आई३एस स्टार्ट स्टप सिस्टम, युएसबी चार्जर र बुट लाइटको साथमा बुट स्टोरेज पनि उपलब्ध छ । यसमा १२ इन्चको डायमन्ड कट अलोय ह्विल र कम्बी ब्रेकिङको साथमा फ्रन्ट डिस्क ब्रेक उपलब्ध छ । ब्लुटुथ कनेक्टिभिटी फिचरको माध्यमले एसएमएस अलर्ट पनि देख्न सकिन्छ । यसमा लो फ्युल इन्डिकेटर, थेफ्ट अलर्ट, ट्राक माई भेइकल, टेलिमेट्री डेटा जस्ता फङसन उपलब्ध छ ।

हिरोको यो स्कुटरमा भएको १०९ सीसी सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड इन्जिनले ८ बीएचपीको पावर र ८.७ एनएमको टर्क जेनेरेट गर्छ, जसलाई सीभीटी युनिटबाट जोडिएको छ । स्कुटरको तौल १०९ किलोग्राम छ । यसमा टेलिस्कोपिक फ्रन्ट फोक्र्स र रियरमा सिंगल शक एब्जर्बर समावेश छ ।

हिरो जुम स्कुटरले सो सेगमेन्टमा होन्डा डियो, होन्डा एक्टिभा ६जी र टीभीएस जुपिटर ११० मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

हार्ले डेभिडसनले ल्यायो २ लाख २९ हजार भारुमा सबैभन्दा कम मूल्यको बाइक

हार्ले डेभिडसनले ल्यायो २ लाख २९ हजार भारुमा सबैभन्दा कम मूल्यको बाइक

हार्ले डेभिडसनले सबैभन्दा सस्तो बाइक हार्ले डेभिडसन एक्स४४० भारतमा लन्च...

हिरो एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर अब बिर्तामोडमा पनि

हिरो एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर अब बिर्तामोडमा पनि

सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दूई नयाँ मोटरसाइकल...

हिरो मोटोकर्पले भिडा ब्रान्डमा नयाँ इलेक्ट्रिक सवारी ल्याउने

हिरो मोटोकर्पले भिडा ब्रान्डमा नयाँ इलेक्ट्रिक सवारी ल्याउने

हिरोले केही महिना अघि पहिलो इलेक्ट्रिक सवारी साधन आगामी मार्च २०२२ सम्ममा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...