कम्ब्याट एडिसनमा आयो हिरो जुम, यस्तो छ विशेषता

हिरो मोटोकर्पले जुम स्कुटरको कम्व्याट एडिसन लन्च गरेको छ । टप भेरिएन्टका रुपमा आएको सो नयाँ स्कुटरको मूल्य जेडएक्स भन्दा १ हजार भारु बढी निर्धारण गरिएको छ । ८१ हजार भारु तोकिएको स्कुटरमा नयाँ रंग र ग्राफिक्स दिइएको छ ।

विशेष फिचरका रुपमा यसमा म्याट स्याडो ग्रे पेन्ट फिनिश दिइएको छ । जेट लडाकुहरूबाट प्रेरित नयाँ ग्राफिक्सले स्कुटरलाई अझ आक्रामक र स्पोर्टी लुक दिएको छ । स्टाइलिस एक्सटेरियर बाहेक हिरो जुम कम्ब्याटमा कुनै मेकानिकल परिवर्तन गरिएको छैन । यसमा ११०.९ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ जसले ७,२५० आरपीएममा ८.०५ बीएचपी र ५,७५० आरपीएममा ८.७ एनएम टर्क उत्पादन गर्छ ।

स्कुटरमा टेलिस्कोपिक फ्रन्ट फोर्क र सिंगल शक एब्जर्वर जडान गरिएको छ । स्कूटरको अगाडि डिस्क ब्रेक, रियर ड्रम ब्रेक र कम्बी ब्रेकिङ सिस्टम पाउन सकिन्छ । स्कुटरमा ब्लुटुथ जडान भएको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सिग्नेचर एलईडी डिआरएलएस भएको एलइडी प्रोजेक्टर हेडल्याम्प र एच आकारको एलइडी टेललाइट लगायत फिचर दिइएको छ ।

जुम नेपाली बजारमा समेत उपलब्ध छ । यो स्कुटरलाई सिजी मोटर्सले स्वदेशमै एसेम्वल गरि बिक्री गर्दै आएको हो ।

सम्बन्धित समाचारहरू

हिरो इलेक्ट्रिकले माग्यो देशका यी स्थानमा डिलर, यस्तो छ तीनवटा मोडलको मूल्य र विशेषता

हिरो इलेक्ट्रिकले माग्यो देशका यी स्थानमा डिलर, यस्तो छ तीनवटा मोडलको मूल्य र विशेषता

हिरो इलेक्ट्रिकको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई मोविलिटीले देशका...

हिरो बाइकको वारेन्टी दायित्व ब्यहोर्न सक्दैनौं– नेपाल जेनरल मार्केटिङ

हिरो बाइकको वारेन्टी दायित्व ब्यहोर्न सक्दैनौं– नेपाल जेनरल मार्केटिङ

काठमाडौं– नेपाल जेनरल मार्केटिङले हिरो मोटरसाइकल तथा स्कुटरको वारेन्टी...

हार्ले र हिरो मिलेर तयार पारेको नयाँ मोटरसाइकल लन्च हुँदै

हार्ले र हिरो मिलेर तयार पारेको नयाँ मोटरसाइकल लन्च हुँदै

हार्ले–डेभिडसनले हिरो मोटोकर्पसँगको सहकार्यमा विकास गरेको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...