हिरो इलेक्ट्रिकले माग्यो देशका यी स्थानमा डिलर, यस्तो छ तीनवटा मोडलको मूल्य र विशेषता

हिरो इलेक्ट्रिकको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई मोविलिटीले देशका विभिन्न स्थनमा डिलर आह्वान गरेको छ । लक्ष्मी ग्रुप अन्तर्गतको यो कम्पनीले इलेक्ट्रिक स्कुटर आयत गरेर कारोवार थालेछि पहिलोपटक यति धेरै संख्यामा डिलर आह्वान गरेको हो ।

कम्पनीले अहिले काठमाडौंको त्रिपुरेश्वरमा शोरुम संचालन गर्दै आइरहेको छ भने निकट भवष्यिमै देशभर डिलर नेटवर्क विस्तार गर्ने योजना वनाएको छ । सोही योजना अनुरुप वुटवल, नेपालगन्ज, धनगढी, नारायणघाट, विरगंज, इटहरी र जनकपुरमा डिलर आह्वान गरिएको हो ।

नेपाली बजारमा यो ब्रान्डको तीनवटा मोडलका स्कुटर उपलब्ध छन् । जसमध्ये फोटोन एचएक्सको मूल्य २ लाख ४९ हजार ६ सय, एनवाइएक्स एचएक्सको २ लाख ८४ हजार ६ सय र अप्टिमा एचएक्स सिंगल व्याट्रीको २ लाख ९ हजार ६ सय र डवल व्याट्रीको ३ लाख ९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यी तीन स्कुटरमध्ये फोटोन एचएक्समा ७२ भोल्ट/२६ एम्पियर आवर क्षमताका लिथियम आयोन व्याट्री र १ हजार २ सय वाटको डिसी मोटर जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गरेपछि १ सय ८ किलोमिटर गुडाउन सकिने दावी गरिएको छ । यो स्कुटरलाई फुल चार्ज गर्न ५ घण्टा लाग्नेछ भने अधिकतम गति ४५ किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरमा रिजेनेरिटिभ व्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ ।

एनवाइएक्स एचएक्समा ५१.२ भोल्ट/३० एम्पियर आवर क्षमताका दुइवटा लिथियम आयोन व्याट्री र ६ सय वाटको विएलडिसी मोटर जडान गरिएको छ । जसलाई एकपटक फुल चार्ज गरेपछि १ सय ६५ किलोमिटर गुडाउन सकिने दावी गरिएको छ । यो स्कुटरलाई फुल चार्ज गर्न ४ देखी ५ घण्टासम्म लाग्नेछ भने अधिकतम गति ४२ किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरमा रिजेनेरिटिभ व्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ ।

यसैगरी अप्टिमा एचएक्स ५२.१२ भोल्ट/३० एम्पियर सिंगल र डवल दुवै व्याट्री अप्सनमा उपलब्ध छ । यो स्कुटरमा ५ सय ५० वाटको विएलडिसी मोटर जडान गरिएको छ, जसको पिक पावर १ हजार २ सय वाट रहेको छ । यो स्कुटरलार्य एकपटक फुल चार्ज गरेपछि सिंगल व्याट्रीले ८२ किलोमिटर र डुअल व्याट्रीले १२२ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यो स्कुटरलाई फुल चार्ज गर्न ४ देखी ५ घण्टासम्मको समय लाग्नेछ भने अधिकतम गति ४२ किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरमा रिजेनेरिटिभ व्रेकिङ सिस्टम उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

हिरो मोटोकर्पको ग्लोबल डिष्ट्रिब्युटर समिटमा सिजी ग्रुपका निर्बाण चौधरी सहभागी

हिरो मोटोकर्पको ग्लोबल डिष्ट्रिब्युटर समिटमा सिजी ग्रुपका निर्बाण चौधरी सहभागी

काठमाडौं– हिरो मोटरसाइकल र स्कुटरको नयाँ डिलरशिप पाएको सीजी मोटर्स...

हिरो मोटोकर्पले नयाँ बाइक यसै हप्ता लन्च गर्ने, १२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा चर्किने सम्भावना

हिरो मोटोकर्पले नयाँ बाइक यसै हप्ता लन्च गर्ने, १२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा चर्किने सम्भावना

हिरो मोटोकर्पले यसै हप्ताभित्र नयाँ बाइक लन्च गर्ने तयारी गरेको छ।...

यस्तो छ हिरोको स्पोर्टी स्कुटर जुम १६०, यामाहा एरोक्स र अप्रिलिया एसएक्सआरसंग प्रतिस्पर्धा हुने

यस्तो छ हिरोको स्पोर्टी स्कुटर जुम १६०, यामाहा एरोक्स र अप्रिलिया एसएक्सआरसंग प्रतिस्पर्धा हुने

हिरो मोटोकर्पले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा जुम १६० स्कुटर १ लाख ४८...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...