हिरो सुपर स्प्लेन्डर १२५ नाडा अटो शोमा

काठमाडौं - नेपाली बजारमा हिरोको सुपर स्प्लेन्डर १२५ मोटरसाइकलको बिक्री सुरू भएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले नाडा अटो शो २०२५ मा सुपर स्प्लेन्डरको बिक्री सुरू गरेको हो ।

१२४.७ सीसी सिंगल सिलिन्डर एयर कुल्ड बीएस ६ इन्जिन रहेको यो मोटरसाइकलमा अधिकतम १०.७ बीएचपी र १०.६ एनएम पीक टर्क जेनेरेट गर्छ। यसलाई ५ स्पिड गियरबक्ससँग जडान गरिएको छ ।

सुपर स्प्लेन्डर एक्सटेकमा एलईडी हेडल्याम्प, एलईडी डीआरएल लाइट दिइएको छ । यसको टर्न इन्डिकेटर र टेलल्याम्प भने हेलोजन बल्बमा पाउन सकिन्छ । कम्पनीले नयाँ बाइकमा हेडल्याम्प काउल र भाइजर पनि अपडेट गरेको छ।

यसमा ब्लुटुथ कनेक्टिभिटी सहितको डिजिटल स्पिडोमिटर, कल अर्लट तथा एसएमएस अर्लट नोटिफिकेशन पाउन सकिन्छ । कम्पनीले सुपर स्प्लेन्डरको मूल्य २ लाख ६६ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

सम्बन्धित समाचारहरू

हिरोको पहिलो इलेक्ट्रिक मोटरसाइकल परिक्षणका क्रममा देखियो

हिरोको पहिलो इलेक्ट्रिक मोटरसाइकल परिक्षणका क्रममा देखियो

हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको उत्पादन संस्करणलाई...

हिरो एक्सपल्स २०० फोरभी -याली एडिसन सोल्ड आउट

हिरो एक्सपल्स २०० फोरभी -याली एडिसन सोल्ड आउट

केही दिन पहिले भारतमा सार्वजनिक गरिएको हिरो एक्सपल्स २०० फोरभीको -याली...

हिरो एक्सपल्स २०० सँग प्रतिस्पर्धा गर्ला त होन्डा सीबी२००एक्सले ? यस्तो छ फरक

हिरो एक्सपल्स २०० सँग प्रतिस्पर्धा गर्ला त होन्डा सीबी२००एक्सले ? यस्तो छ फरक

होन्डा टु ह्विलर इन्डियाले नयाँ होन्डा सीबी२००एक्स एड्भेन्चर बाइक लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...