हिरो मोटोकर्पले पोखरामा ‘एक्सट्रयाक’ आयोजना गर्ने
काठमाडाैं – हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले...
काठमाडौं - नेपाली बजारमा हिरोको सुपर स्प्लेन्डर १२५ मोटरसाइकलको बिक्री सुरू भएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले नाडा अटो शो २०२५ मा सुपर स्प्लेन्डरको बिक्री सुरू गरेको हो ।
१२४.७ सीसी सिंगल सिलिन्डर एयर कुल्ड बीएस ६ इन्जिन रहेको यो मोटरसाइकलमा अधिकतम १०.७ बीएचपी र १०.६ एनएम पीक टर्क जेनेरेट गर्छ। यसलाई ५ स्पिड गियरबक्ससँग जडान गरिएको छ ।
सुपर स्प्लेन्डर एक्सटेकमा एलईडी हेडल्याम्प, एलईडी डीआरएल लाइट दिइएको छ । यसको टर्न इन्डिकेटर र टेलल्याम्प भने हेलोजन बल्बमा पाउन सकिन्छ । कम्पनीले नयाँ बाइकमा हेडल्याम्प काउल र भाइजर पनि अपडेट गरेको छ।
यसमा ब्लुटुथ कनेक्टिभिटी सहितको डिजिटल स्पिडोमिटर, कल अर्लट तथा एसएमएस अर्लट नोटिफिकेशन पाउन सकिन्छ । कम्पनीले सुपर स्प्लेन्डरको मूल्य २ लाख ६६ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।
काठमाडाैं – हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले...
हिरो मोटोकर्पले हाल बजारमा प्रचलित ग्ल्यामर भन्दा माथिल्लो भर्सनको रुपमा...
काठमाडौं– नेपाल जेनरल मार्केटिङले हिरो मोटरसाइकल तथा स्कुटरको वारेन्टी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...