हिरो स्प्लेन्डर एक्सटेक प्लसको नयाँ भेरिएन्ट सार्बजनिक, माइलेज ७३ किलोमिटर
काठमाडौं– भारतको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरो मोटोकर्पले...
हिरो मोटोकर्पले हाल बजारमा प्रचलित ग्ल्यामर भन्दा माथिल्लो भर्सनको रुपमा ग्ल्यामर एक्सटेक (XTEC) ल्याउने भएको छ । हिरो मोटोकर्पले तयार गरेको प्रस्तुतिकरण अनलाइन रुपमा लिक भएको आधारमा यो समाचार विभिन्न मिडियाहरुले सार्वजनिक गरेका हुन् ।
हाल बजारमा हिरोका १२५ सीसी कम्युटर सेगमेन्टमा दुई बाइक ग्ल्यामर र सुपर स्प्लेन्डर उपलब्ध छन् । तर बजारमा यही सेगमेन्टको होन्डा साइनसँग यी बाइकले प्रतिस्पर्धा गर्न सकेका छैनन् । यही कुरालाई मनन गरेर हुन सक्छ, हिरोले १२५ सीसीको प्रिमियम बाइक सेगमेन्टमा ग्ल्यामर एक्सटेक ल्याउने तयारी गर्दैछ ।
लिक भएको प्रस्तुतिकरण अनुसार हिरो एक्सटेकमा फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल हुनेछ । हाल स्ट्यान्डर्ड ग्ल्यामर र सुपर स्प्लेन्डरमा रहेको सेमी डिजिटल युनिट भन्दा यो फरक हुनेछ ।
यसमा गियर पोजिसन इन्डिकेटर, डिजिटल टेकोमिटर र रियल टाइम फ्युल कन्जम्प्सन डाटा हुनेछ । सो बाइकमा एलईडी हेडलाइट समेत हुने अनुमान गरिएको छ, यद्यपि यसको वारेमा त्यहाँ केही जानकारी उपलब्ध छैन ।
हिरोको सो बाइक टेक्नो ब्ल्याक, ग्रे ब्लु र ग्रे रेड गरी तीन कलर अप्सनमा उपलब्ध हुनेछ । हाल प्रचलित ग्ल्यामर भन्दा ग्ल्यामर एक्सटेक ३ हजार भारु महंगो हुने बताइएको छ । हाल नेपाली बजारमा
हिरोका अन्य १२५ सीसी मोडलमा भएकै १२४.७ सीसी एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन यसमा पनि प्रयोग गरिने छ । सो इन्जिनले १०.७ एचपी पावर र १०.६ एनएम टर्क जेनेरेट गर्छ ।
काठमाडौं– भारतको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरो मोटोकर्पले...
हिरो मोटोकर्पले जुम स्कुटरको कम्व्याट एडिसन लन्च गरेको छ । टप भेरिएन्टका...
हिरो एक्सपल्स २०० टी अब केही कस्मेटिक तथा मेकानिकल परिवर्तनका साथ आउने छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...