हिरोको पार्ट्स र बिक्री पछिको सेवा अभाव हुन नदिने सीजी मोटर्सको प्रतिबद्धता
काठमाडौं – हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता...
भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटो कर्पले आफ्नो इन्ट्रि लेवल कम्युटर वाइक स्प्लेन्डर प्लसको नयाँ भेरियन्ट लन्च गरेको छ । एक सय सिसी क्षमताको यो वाइकमा डिजिटल मिटर र व्लुटुथ कनेक्टिभिटी फिचर्स थप गरेर एक्सटेक भेरियन्ट लन्च गरेको हो । यसअघिको स्प्लेन्डर प्लस आई३ एस भन्दा २ हजार २ सय भारुमात्र मूल्य बढेर आएको यो मोटरसाइकलको मूल्य ७२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
यो सग्मेन्टमै पहिलो फिचर्सका रुपमा हिरो मोटोकर्पले व्लुटुथ कनेक्टिभिटी सहितको फुल डिजिटल मिटर उपलब्ध गराएको छ । जसमार्फत राइडरले फोन आएको र मिस कल वारे जानकारी पाउनुको साथै म्यासेज अलर्ट, रियल टाइम फ्युल इफिसियन्सी, टु ट्रिप मिटर र फ्युल लेभलका बारेमा समेत जानकारी लिन सक्नेछन् । यो बाइकमा युएसवी पोर्ट समेत उपलब्ध गराइएको छ ।
सेफ्टि फिचर्स अन्तर्गत यसमा साइड स्ट्यान्ड अलर्ट र साइड स्ट्यान्ड इन्जिन कट अफ थप गरिएको छ । नयाँ ग्राफिक्स र व्ल्याक अलोई ह्विल्स सहित आएको यो नयाँ भेरियन्टमा एलइडी डिआरएल र हेलोजन हेडलाइट दिइएको छ । यसको इन्जिन र पावर तथा पर्फमेन्स भने रेगुलर भेरियन्ट सरहनै रहेको छ । यो बाइकमा जडान गरिएको ९७.२ सिसी क्षमताको इन्जिनले अधिकतम ७.९ एचपी पावर र ८.०५ एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ ।
स्प्लेन्डर प्लस नेपाली ग्राहकले समेत निकै नै रुचाएको मोडल हो । विशेषगरी प्रौढ उमेर समुहका राइडरले यो वाइक पढी मात्रामा प्रयोग गर्ने गरेका छन् । नेपालको तराई भेगमा माग उच्च रहेको र यो सेग्मेन्टमा यसले बजारको नेतृत्व गरिरहेको छ ।
काठमाडौं – हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता...
वीरगन्ज – वीरगन्जको त्रिमुर्तीचोकमा हिरो मोटोकर्पको डिलरको रुपमा एनजीएम...
हिरो मोटोकर्पले पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ लन्च गरेको छ । भिडा भी१...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...