हिरो स्प्लेन्डर प्रो क्लासिक अपग्रेड भएर आउने, नयाँ रेट्रो डिजाइनको पेटेन्ट दर्ता

हिरो मोटोकर्पले भारतमा नयाँ मोटरसाइकल डिजाइनको पेटेन्ट दर्ता गराएको छ । पेटेन्ट तस्बिरअनुसार सो नयाँ मोडलको डिजाइन पुरानो स्प्लेन्डर प्रो क्लासिकसँग मिल्दोजुल्दो देखिन्छ।

पेटेन्ट तस्बिरअनुसार मोटरसाइकलमा गोलाकार हेडलाइट, पातलो फ्युल ट्याङ्की, लामो सिट, खुला साइड प्यानल र साधारण पछाडिको डिजाइन समावेश गरिएको छ। यसको बनावट क्लासिक कम्युटर मोटरसाइकलजस्तै देखिन्छ । यसको सानो मडगार्ड, सिधा ह्यान्डलबार र समथर सिटले दैनिक प्रयोगका लागि सहज र उपयोगी बनाउने अपेक्षा गरिएको छ।

नयाँ डिजाइनमा ट्युबुलर ग्राब रेल, ट्विन शक एब्जर्बर, ५ स्पोक अलोय ह्विल र परम्परागत टेलिस्कोपिक फ्रन्ट फोर्क समावेश गरिएको छ ।

हिरो मोटोकर्पले पहिलो पटक स्प्लेन्डर प्रो क्लासिकलाई सन् २०१४ को अटो एक्स्पोमा पेश गरेको थियो। त्यसपछि यसलाई भारतीय बजारमा सानो क्याफे रेसरको रूपमा बिक्रीमा ल्याइएको थियो । यसमा क्लिप-अन शैलीको ह्यान्डलबार, गोलाकार हेडलाइट, क्रोम फिनिसिङ र कम्प्याक्ट बडी डिजाइन दिइएको थियो। सुरुमा यसमा ९७.२ सीसी क्षमताको एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको थियो, जसले करिब ८.२५ बीएचपी पावर र ८.०५ एनएमको टर्क उत्पादन गर्थ्यो।

नयाँ मोडलमा १२४.७ सीसीको इन्जिन प्रयोग गर्न सक्ने अनुमान गरिएको छ ।  यही इन्जिन अहिले सुपर स्प्लेन्डर र ग्ल्यामरजस्ता मोडलमा प्रयोग हुँदै आएको छ। यसमा फ्युल इन्जेक्सन सिस्टम, आईथ्रीएस स्टार्ट स्टप सिस्टम, डिजिटल एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ, अलोय ह्विल, ट्युबलेस टायर र कम्बाइन्ड ब्रेकिङ सिस्टमजस्ता फिचर समावेश हुन सक्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

नयाँ फिचर्स थप भएर आयो हिरो डेस्टिनी १२५ को एक्सटेक भर्सन

नयाँ फिचर्स थप भएर आयो हिरो डेस्टिनी १२५ को एक्सटेक भर्सन

भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटोकर्पले हाल कारोबार...

अनलाइन खरिदका लागि हिरो मोटोकर्पले शुरु ग-यो भर्चुअल शोरुम

अनलाइन खरिदका लागि हिरो मोटोकर्पले शुरु ग-यो भर्चुअल शोरुम

कोभिड–१९ को दोस्रो लहरलाई ध्यानमा राख्दै हिरो मोटोकर्पले भर्चुअल शोरुम...

हिरोको अन्तर्राष्ट्रिय बजार ४३ प्रतिशतले बढ्यो, युरोपमा बजार विस्तार हुँदै

हिरोको अन्तर्राष्ट्रिय बजार ४३ प्रतिशतले बढ्यो, युरोपमा बजार विस्तार हुँदै

विश्वको सबैभन्दा ठूलो टु–ह्विलर अटो उत्पादक हिरो मोटोकर्पले आफ्नो बजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...