फ्रन्ट डिस्क ब्रेक सहित अपडेट भएर आयो हिरो स्प्लेन्डर मोटरसाइकल

हिरो मोटोकर्पको सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल हिरो स्प्लेन्डर अपडेटसहित लन्च गरिएको छ । पहिलो पटक कम्पनीले यसलाई फ्रन्ट डिस्क ब्रेकको साथ अपडेट गरेको छ । यसलाई स्प्लेन्डर प्लस एक्सटेक नाम दिइएको छ । सो अपडेटसँगै बाइकको मूल्य ८३ हजार ४६१ भारु तोकिएको छ । यद्यपि ड्रम ब्रेक ट्रिमको मूल्य भने यथावत रहनेछ ।

स्प्लेन्डर प्लस एक्सटेकको डिजाइन र मेकानिजममा कुनै परिवर्तन गरिएको छैन । यसको इन्जिन र फिचर पुरानो मोडेलमा जस्तै उपलब्ध हुनेछ । स्प्लेन्डर घरेलु नाम भएकोले सो बाइक धेरै वर्ष देखि बजारमा उपलब्ध हुँदै आएको छ । यसमा आयताकार हेडलाइटको साथमा सिंपल स्ट्रक्चरमा एलईडी डीआरएल दिइएको छ ।

हिरो स्प्लेन्डर प्लस एक्सटेकमा १०० सीसी सिंगल सिलिन्डर इन्जिन छ, जसले ७.०९ बीएचपीको पावर र ८.०५ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । यसलाई ४ स्पिड गियरबक्ससँग जोडिएको छ । यसमा स्मार्टफोन कनेक्टिभिटीको साथमा पूर्ण रूपमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र यूएसबी चार्जिङ स्लट पनि समावेश छ । साधारण डिजाइनका कारण सो बाइक धेरैले रुचाएका पनि छन् ।

हिरो स्प्लेन्डरमा टेलिस्कोपिक फ्रन्ट फोर्क र ड्युअल रियर शक्स समावेश छ । ब्रेकिङको लागि अब फ्रन्ट डिस्क र रियर ड्रम ब्रेक अलोय ह्विलमा माउन्ट गरिएको छ । भारतीय बजारमा स्प्लेन्डरले होन्डा शाइन, बजाज प्लाटिना, टीभीएस राइडर जस्ता मोडलसँग प्रतिस्पर्धा गर्छ ।

सम्बन्धित समाचारहरू

हिरो एक्सट्रिम १६०आर को अपडेट भर्सन लन्च, ड्युअल च्यानल एबीएस र फुल्ली डिजिटल मिटर समावेश

हिरो एक्सट्रिम १६०आर को अपडेट भर्सन लन्च, ड्युअल च्यानल एबीएस र फुल्ली डिजिटल मिटर समावेश

हिरो मोटोकर्पले एक्सट्रिमको अपडेट भर्सन २०२३ एक्सट्रिम १६०आर ४भी भारतमा...

चाडपर्वको झल्को दिदै अटो कम्पनीहरु : ल्याउन थाले दसैं स्किम

चाडपर्वको झल्को दिदै अटो कम्पनीहरु : ल्याउन थाले दसैं स्किम

दसैं तिहार जस्ता चाडपर्व नजिकिदै छन् । आगामी असोजको दोस्रो साता देखि...

यस्ता ५ विशेषता छन् होन्डा डियोको प्रतिस्पर्धी बन्ने अनुमान गरिएको नयाँ स्कुटर हिरो जुममा

यस्ता ५ विशेषता छन् होन्डा डियोको प्रतिस्पर्धी बन्ने अनुमान गरिएको नयाँ स्कुटर हिरो जुममा

हिरो मोटोकर्पले भारतमा जुम ११० स्कुटर एलएक्स, भीएक्स र जेडएक्स गरी ३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...