यस्ता ५ विशेषता छन् होन्डा डियोको प्रतिस्पर्धी बन्ने अनुमान गरिएको नयाँ स्कुटर हिरो जुममा
हिरो मोटोकर्पले भारतमा जुम ११० स्कुटर एलएक्स, भीएक्स र जेडएक्स गरी ३...
काठमाडौं – नेपाली बजारमा हिरोका मोटरसाइकल र स्कुटर बिक्री–वितरण गरिरहेको सीजी मोटर्सले विभिन्न मोडलको नयाँ मूल्य सूची प्रकाशित गरेको छ ।
सीजीले बिक्री थाले पश्चात पहिलो पटक यी मोडलमा मूल्य वृद्धि गरिएको छ । नयाँ मूल्य सूची अनुसार स्प्लेन्डर प्लसको मूल्य २ लाख १० हजार ९ सय रुपैयाँ छ । यो भन्दा पहिले यसको मूल्य २ लाख ६ हजार ९ सय रुपैयाँ थियो ।
त्यसैगरी सुपर स्प्लेन्डरको मूल्य २ लाख ४६ हजार ५ सय रुपैयाँ छ । यसको मूल्यमा ६ हजार रुपैयाँ वृद्धि गरिएको हो ।
नयाँ मूल्य सूची अनुसार एक्सपल्स २०० फोरभीको मूल्य ४ लाख ५९ हजार रुपैयाँ पुगेको छ । यो भन्दा पहिले यसको मूल्य ४ लाख ५० हजार ९ सय रुपैयाँ थियो । यसका आधारमा यो मोटरसाइकलमा ९ हजार रुपैयाँ मूल्य बढेको छ ।

नेपाली बजारमा उपलब्ध हिरो जुम स्कुटरका दुई भेरिएन्टको मूल्य पनि केही बढेको छ । पहिले २ लाख ४९ हजार ९ सय र २ लाख ५९ हजार ९ सय रुपैयाँ मूल्य भएको सो स्कुटरको मूल्य अब क्रमशः २ लाख ५२ हजार ९ सय र २ लाख ६२ हजार ९ सय रुपैयाँ पुगेको छ ।
सीजी फ्युचर फ्याक्ट्रीमार्फत नेपालमै हिरोका मोटरसाइकल र स्कुटर एसेम्बल हुने गरेका छन् । पहिले ज्योति ग्रुप अन्तर्गतको एनजीएमले बिक्री–वितरण गरिरहेकोमा गत बैशाख महिना देखि सीजीले हिरोका उत्पादन नेपाली बजारमा उपलब्ध गराउदै आएको छ ।
सीजीले बिक्री थाल्ने समयमा भने यी मोडलमा धेरै मूल्य कम गरिएको थियो ।
हिरो मोटोकर्पले भारतमा जुम ११० स्कुटर एलएक्स, भीएक्स र जेडएक्स गरी ३...
हिरोले भारतमा एक्सपल्स २००टी फोरभी लन्च गरेको छ । एक्सपल्स २००टी फोरभीमा...
हिरो मोटोकर्पले यसै हप्ताभित्र नयाँ बाइक लन्च गर्ने तयारी गरेको छ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...