हिरोको नयाँ वर्ष अफर : हरेक स्क्र्याचमा १ लाख सम्म छुट

काठमाडौं – हिरोको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले नयाँ वर्ष २०७९ लाई लक्ष्यित गरी नयाँ अफर ल्याएको छ । ‘नयाँ वर्ष आयो हिरोको अफर पायो’ ट्यागलाइनमा उपलब्ध अफर अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा पक्का डिस्काउन्ट देखि बम्पर सम्मको अफर पाइने बताइएको छ ।

यस अन्तर्गत कुनै नयाँ बाइक वा स्कुटर किन्दा स्क्र्याच कार्ड पाइने र त्यसबाट १ लाख रुपैयाँ सम्मको छुट उपलब्ध हुनेछ । त्यसैगरी बम्पर पुरस्कारको रुपमा १ लाख रुपैयाँ उपलब्ध हुनेछ ।

हिरोले शून्य प्रतिशत ब्याजदरमा बाइक र स्कुटर लिन सकिने व्यवस्था गरेको छ । त्यसैगरी पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ बाइक वा स्कुटर एक्सचेन्ज गर्न सकिने सुविधा समेत उपलब्ध छ ।

हिरोका विभिन्न मोडलका बाइक र स्कुटर नेपाली बजारमा उपलब्ध छन् । हालै तीन नयाँ मोडल एक्सपल्स २०० फोरभी, ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज १२५ नेपाली बजारमा उपलब्ध गराएको छ ।

भक्तपुरको सल्लाघारीमा एक्सचेन्ज क्याम्प समेत संचालन भइरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...