अब हिरो एक्सपल्सको मूल्य ३ लाख ९९ हजार, यस्तो छ हिरोको मूल्य सूची
काठमाडौं – नेपालमा हिरोका विभिन्न बाइक र स्कुटरको मूल्य गत अप्रिल १ देखि नै...
वीरगन्ज – वीरगन्जको त्रिमुर्तीचोकमा हिरो मोटोकर्पको डिलरको रुपमा एनजीएम ट्रेडिङ प्रालि अवस्थित छ । नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जेनरल मार्केटिङ (एनजीएम) प्रालिको आधिकारिक डिलरको रुपमा २०६९ साल देखि नै एनजीएम ट्रेडिङले वीरगन्जमा हिरोका मोटरसाइकल र स्कुटर बिक्री गरिरहेको छ । यो भन्दा पहिले हिरो र होन्डा एउटै भएको अवस्थामा समेत कारोबार भइरहेको थियो ।
वीरगन्जमा सबैभन्दा बढी बिक्री हुने हिरोको बाइक सुपर स्प्लेन्डर भएको एनजीएम ट्रेडिङका म्यानेजर प्रवेश डंगोलले बताए । विशेष गरी विवाहको समयमा उपहारको रुपमा यो मोटरसाइकल प्रदान गर्ने चलन छ । त्यसैगरी हिरो ग्ल्यामर मोटरसाइकल र स्कुटरमा प्लेजर यो क्षेत्रमा बढी बिक्री हुने गर्छ । यद्यपि हिरोका अन्य मोडल पनि यो क्षेत्रमा बिक्री हुने गरेका छन् । पछिल्लो समयमा भित्रिएको हिरोको एड्भेन्चर बाइक एक्सपल्स २०० फोरभी समेत यो क्षेत्रमा रुचाइने गरिन्छ । युवाहरुले यो बाइकलाई रुचाउने गरेको डंगोलले बताए ।

बाइक वा स्कुटरको मोडलका साथै माइलेज र पिकअपलाई आधारमा मानेर यो क्षेत्रका ग्राहकले बाइक वा स्कुटरको खोजी गर्छन् । उपहारको रुपमा दिन मात्र होइन, कार्यालय प्रयोजनका लागि समेत दैनिक रुपमा चलाउन सहज हुने कम्युटर बाइक रोज्ने चलन बढ्दो छ ।
पछिल्लो समयमा भित्रिएका बीएस६ प्रविधिका बाइक वा स्कुटरको वारेमा समेत ग्राहकको रुचि बढ्दै गएको छ । समय अनुसार ग्राहक पनि सचेत बन्दै गएका छन् ।
एनजीएम ट्रेडिङले वीरगन्जमा थ्रीएस अर्थात सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा उपलब्ध गराइरहेको छ । ग्राहकको चाहना अनुसारका मोडल उपलब्ध गराउनुका साथै बिक्री पछिको सेवा समेत प्रदान गर्ने भएकाले ग्राहकले यो ब्रान्डलाई रुचाउने गरेको डंगोलले बताए ।
काठमाडौं – नेपालमा हिरोका विभिन्न बाइक र स्कुटरको मूल्य गत अप्रिल १ देखि नै...
हिरो मोटोकर्पले पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ लन्च गरेको छ । भिडा भी१...
हिरो मोटोकर्पले आफ्नो कम्यूटर वाइक प्यासन प्रोको उत्पादन वन्द गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...