हिरो मोटोकर्पले लन्च ग-यो ४४० सीसीको माभरिक, कम्पनीकै सर्बाधिक पावरफुल मोटरसाइकल

हिरो मोटोकर्पले भारतीय बजारमा ४४० सीसीको बाइक हिरो माभरिक लन्च गरेको छ । यसको मूल्य १ लाख ९९ हजार भारु तोकिएको छ । टप स्पेक मोडलको मूल्य भने २ लाख २४ हजार भारु सम्म हुनेछ । यो बेस, मिड र टप गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ ।

हार्ले डेभिडसनसँगको सहकार्यमा विकास गरिएको हिरो माभरिक गत महिनाको एक इभेन्टमा सार्वजनिक गरिएको थियो । यो कम्पनीको पोर्टफोलियोमा सबैभन्दा पावरफुल मोटरसाइकल हो ।

कम्पनीले यो बाइकलाई निकै मस्कुलर डिजाइनका साथ उपलब्ध गराएको छ । यसको फ्युल ट्यांकलाई ४४० सीसी अनुसार फराकिलो र ठूलो बनाइएको छ । यसबाहेक लामो यात्राका लागि सिटलाई सहज बनाइएको छ । बाइकको कुनै पनि भेरिएन्टमा स्प्लिट सिट छैन । यसमा एच–आकारमा एलईडी डीआरएल सहित पूर्ण एलईडी हेडलाइट छ । यो बाइक ५ कलर भेरिएन्टमा आउनेछ । यसको बेस मोडलमा स्पोक ह्विल उपलब्ध छ भने मिड र टप मोडलमा अलोय ह्विल उपलब्ध छ ।

यस बाइकमा टेललाइट र टर्न इन्डिकेटर पनि एलईडीमा दिइएको छ । यसका साथै कम्पनीले बाइकमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि उपलब्ध गराएको छ जसमा टर्न–बाइ–टर्न नेभिगेसनको सुविधा पनि रहेको छ । यसका साथै बाइकमा ३५ कनेक्टेड फिचरहरू पनि उपलब्ध छन् जसमा कल, टेक्स्ट नोटिफिकेशनलगायतका धेरै सुविधाहरू छन् ।

यो बाइकमा ४४० सीसीको लिक्विड–कुल्ड इन्जिन छ, जसले ४००० आरपीएममा ३६ एनएमको टर्क र २७ बीएचपी पावर जेनेरेट गर्छ । यो बाइक एक्स४४० प्लेटफर्ममा निर्माण गरिएको हो । बाइकमा ६ स्पिड गियरबक्स रहेको छ । बाइकको फ्युल ट्यांक क्षमता १३.५ लिटर छ । यसबाहेक १७५ एमएमको ग्राउण्ड क्लियरेन्स उपलब्ध छ । बाइकमा फ्रन्ट टेलिस्कोपिक सस्पेन्सन, रियरमा ड्युअल शकर्स, डिस्क ब्रेक र अलोय ह्विलजस्ता विशेषताहरू छन् ।

सम्बन्धित समाचारहरू

अनलाइन खरिदका लागि हिरो मोटोकर्पले शुरु ग-यो भर्चुअल शोरुम

अनलाइन खरिदका लागि हिरो मोटोकर्पले शुरु ग-यो भर्चुअल शोरुम

कोभिड–१९ को दोस्रो लहरलाई ध्यानमा राख्दै हिरो मोटोकर्पले भर्चुअल शोरुम...

एक्सपल्स २०० ४भीको डकार एडिसन लन्च, के छ थप विशेषता ?

एक्सपल्स २०० ४भीको डकार एडिसन लन्च, के छ थप विशेषता ?

हिरो मोटोकर्पले एक्सपल्स २०० ४भी को डकार एडिसन लन्च गरेको छ । प्रो...

हिरो माभ्रिक स्क्र्याम्बलर भर्सनमा पनि आउने, लिक भयो पेटेन्ट डिजाइन

हिरो माभ्रिक स्क्र्याम्बलर भर्सनमा पनि आउने, लिक भयो पेटेन्ट डिजाइन

हिरो मोटोकर्पले आफ्नो प्रिमिमय मोटरसाइकल माभ्रिक ४४० लाई स्क्र्याम्बलर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...